एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • बैँकले व्याजदर बढाएर आतंक मच्चाउन खोज्यो : पूर्वअध्यक्ष कटुवाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ कार्तिक १८, शुक्रबार ०५:३७

    काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालले बैंकहरुले ब्याजदर बढाएर आतंक मच्चाउन खोजेको अरोप लगाएको छन् । लामो समयसम्म कोरोनाका कारण थला परेको उद्योग व्यवसायहरुलाई फेरि बैंकहरुले ब्याजदर आतंक फैलाएको पूर्व अध्यक्ष कटुवालले बताएका हुन् ।

    बैंकहरुको यही तरिका रहे भोलिका दिनमा व्यवसायीहरुले बचत खाताहरु बन्द गर्नु पर्ने दिन आउन सक्ने उनले बताएका छन् । ‘बैंकहरुले अति नै गरिसकेँ, यस्तो बेलामा पनि ब्याजदर बढाएर मानसिक तनाब दिएका छन्’ कटुवालले भने, ‘यहीँ अवस्था रहे भोलि सबै बैंक खाता बन्द गरेर पैसा निकाल्नु पर्ने अवस्था आउने बताए ।’

    पूर्व अध्यक्ष कटुवालले बैंकहरुले उद्योगी व्यवसायीहरुको समस्यालाई नजरअन्दाज गरेको भन्दै सरकार र केन्द्रीय बैंकले सार्थक पहल लिएर हस्तक्षेप गर्नुपर्ने समेत बताएका छन् । बैंकहरुले लगातार ब्याज बढाइ रहे उद्योग व्यवसायहरुमा ताला लगाएर धेरै युवाहरु खाडी जान बाध्य हुने उनले बताए । यसका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप जरुरी रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु