नक्साल बुल्लेट सर्भिस सेन्टरद्वाराग आज रोयल इनफिल्ड”windy ride” आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ९, शुक्रबार १९:४५

काठमाडौ ।बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी “रोयल इनफिल्ड”को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरद्वाराग आज रोयल इनफिल्ड”windy ride” आयोजना गरेको छ l
रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन ।
राईड मंसिर ९ गते विहान ८ बजे नक्साल बुल्लेट सर्भिस सेन्टर, गैरीधाराबाट सुरु भएको यो राइड कालिन्चोक पुगेर बास बस्ने छन् र मंसिर १० बेलुका ६ बजे नक्साल बुल्लेट सर्भिस सेन्टर, गैरीधारानै पुगेर समापन गरिने छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत हुनेछ ।
अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरीक पर्यटन प्रवर्धनको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राईड आयोजना गरेको हो, र अब यस windy ride लाई हरेक वर्ष आयोजन गर्ने उदेश्य सर्भिस सेन्टरका प्रबन्धक मिलन पौडेलले लिएका छन् l
राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन् ।
राइडको सुरु हुनु भन्दा आगी अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलद्वारा राइडरहरुलाई सडक सुरक्षाका कुराहरु, राइड गर्दा सूरक्षित राईडिङ गिअर सदैब प्रयोग गर्न समेत सुजाब दिनु भयो र flag off गरेर राइडलाई अघि बढाउनु भयो l

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु