राम बहादुर घले मेलम्चि नगरपालिका वडा नं ९ डब्लयाङ स्थित बसोबास गर्दै आईरहेका एक किसान हुन । उनि बसोबास गर्ने वडा नगरपालिकाको ट्याग लागेपनि भौगोलिक वनावट र अन्य सेवा सुविधाको हिसावले विकट नै रहेको देखिन्छ । राम बहादुर घले आफ्नो परम्परागत कृषि पेशाबाट आफ्नो जिविकोपार्जन गर्दै आएका छन् । मकै ,कोदो र पशुपालन बाट आउने केहि आम्दानि बाट परिवार चलाई रहेका राम बहादुरको जिवनमा अहिले धेरै परिवर्तन आएको छ । उनका परिवारका सदस्य ५ जना भएता पनि अहिले घरमा श्रिमान श्रिमती मात्र छन् । उनका एक छोरा वैदेशिक रोजगारका लागि साउदिमा छन् भने छोरिहरु अध्यायनको राजधानि तिर वसोवास गर्दै आएका छन् । राम बहादुर कृषि पेशालाई आफ्नो प्रमुख पेशा मान्दै आएपनि त्यसबाट उनले त्यति आम्दानि र सन्तुष्ट चै हुन सकेका थिएनन् । एक दिन गाँउमा नयाँ अनुहार गरेका व्यक्तिहरु हामी एक कृषी संस्था बाट आएको हामि यहाँ समुह बनाउछौ र तपाईहरुको कृषिको स्थरमा वृद्दि ल्याउछौ भन्दै कुरा गर्दै गर्दा राम बहादुर पनि त्यहाँ पुगे र त्यँहा गठन भएको सात कन्या कृषक समुहमा सदस्य बसे । प्राथामिक शिक्षा सम्म अध्यायन गरेका राम बहादुर लाई पहिले त यो बेकारको समुह हो हामि सोझा लाई झुकाएर खाने बाटो हो भन्ठानेका थिए । तर पछि संस्थाको सहयोग र सेवा देखेर दंग परे , पहिले त्यति चासो नदिएका राम बहादुर पछि संस्थाको बारेमा वुझन संस्थाको फिल्ड कार्यलय ज्यामिरे सम्म पुगे , त्यस क्षेत्रमा जापानको परराष्ट मन्त्रालयको आर्थिक सहयोगमा सम्वृदिका लागि यथायोग्य कार्य संस्था (ISAP) र पिइस उइन्डिन्स जापानको (PWJ) को साझेदारि मा सन्चालन भएको “खानेपानि पहुँच तथा कृषि आय सुधार आयोजना” रहेको जानकारि पाए ।
त्यस पश्चात समुहको हरेका मासिक बैठकमा उपस्थित भएर वचत र संस्थाबाट आउने सेवा सुविधामा सहभागि हुन थाले , परियोजनाबाट पहिलो वर्षमा उनका समुहका ७ जना सदस्यले प्लाष्टिक टनेल प्राप्त गरे तर पहिलो वर्ष उनले संस्था बाट विउ बिजन र विभिन्न तरकारि उत्पादनको तालिम लिए र करेसाबारिमा मात्र तरकारि लगाउदै गए , संस्थाले दोस्रो वर्ष पनि टनेल वितरण गर्ने भएपछि उनले तालिम लिई प्लाष्टिक टनेल निर्माण गरे । संस्थाको सहयोगमा विभिन्न बिज्ञ र प्राविधिक सगँ तालिम लिए पछि राम बहादुरलाई तरकारी उत्पादन तर्फ उत्पेरणा वढदै गयो । उनले टनेलमा बेमौषमी गोलभेडा खेति शुरु गरे , त्यस्तै संस्थाबाट समुहमा दिईएको व्यवसायीक साक्षरता सम्बधि तालिमले टनेल सगँ कुखुरा पालन पनि शुरुवात गरे ।
पारिवारिक स्थिती धान्नको लागि धौधौ परिरहेको अवस्थामा यसरि आम्दानिको स्रोत बढदै गएको देख्दा एकदमै उत्साहित थिए। उनले टनेल निर्माण गरेदेखि ५० हजार जतिको गोलभेडा बेचिसकेका छन् भने खालि जमिनमा बेमौषमी काउलि बाट पनि २० हजार भन्दा वढि आम्दानि लिई सकेका छन् । ‘मैले अहिले २ रोपनिमा तरकारि खेति गरेको छु संस्था आउनु भन्दा पहिले त्यँहा कोदो,मकै हुन्थे त्यसबाट मेरो परिवारलाई कुनै आर्थिक आम्दानि हुदैन थियो तर अहिले त्यो कोदो मकै ले दिने भन्दा बढी आम्दानि लिदै गर्दा धेरै खुसि लागेको छ’- राम ब घले ।
भौगोलिक बनावटले बजार व्यवस्थापनको कठिन भएता पनि राम बहादुरलाई बजारले त्यति असर पारेन किनकि उनले उत्पादन गरेका सबै तरकारि बेमौषमि थिए । कति घरमा नै लिन आउथे त कतिले अडर गर्थे र ऊनले क्रेटमा हालेर घरमा नै पुराईदिन्थे । संस्थाले हामिलाई तरकारि बजार लैजान क्रेट दिएर धेरै ठुलो सहयोग भएको छ । हामिले पहिले बजार लानको लागि डोको , बोरा मा अव्यवस्थित गरिकाले लैजादा व्यापारि पनि रिसाउथे र मुल्यमा पनि घटाईदिन्थे तर अहिले त्यस्तो समस्या छैन ,अझै खुसीको कुरा त संस्थाले संकलन केन्द्र बनाउदै छ त्यता बाट तरकारि बिक्रि गर्न सजिलो हुनेथियो ।-
राम ब घले , राम बहादुर लाई गाँउमा सबैले अहिले अगुवा कृषक भनेर चिन्छन् । समुहका अरु सदस्यको टनेलमा रोग किरा लाग्यो भने पहिले राम बहादुर कहाँ जान्छन् उनले जानेको सुझाव दिन्छन् र चिन्न नसक्ने रोग किरा रहेछ भने संस्थाका कृषि प्राविधिक गरुलाई फिल्डमा बोलाएर समस्या समाधान गर्नमा पनि ठुलो भुमिका खेल्दै आएका छन् । उनि तरकारि बालि नालिमा बिषादि सकेसम्म कम प्रयोग गर्छन् र अरुलाई पनि कम प्रयोग गर्नको लागि अनुरोध गर्छन । “मैले संस्थाबाट दिएको भकारो सुधार र झोल मल व्यवस्थापन तालिम बाट धेरै कुरा सिके र त्यसको महत्व पनि वुझे मैले गाई बस्तुको पिसाबको प्रयोगले झोलमल बनाएर रोग किरा व्यवस्थापनमा मैले बालिमा प्रयोग पनि गरे धेरै राम्रो प्रतिक्रिया पनि आयो ,सरहरुले IPM को कुरा गर्नु हुन्थियो मैले त्यसलाई नै आधार मानेर खेति गर्दै आएको छू, मेरो उत्पादन देखेर दंग छन् अन्य साथिहरु ।
-घले यसरि एकै बर्षमा तरकारि खेतिमा परिवर्तन हुनु मा आफ्नो मेहेनेत र संस्थाको प्राविधिक सेवालाई श्रय दिन्दै उनि भन्छन “ मलाई टनेल खेति तालिममा डा. राम चन्द्र भुसाल सरले भनेको कुरा जहिलै याद आउछ उहाँले भन्नुहुन्थो गोलभेडालाई टनेलमा गए पिछे How Are You भनेर सोध्नु पर्छ । त्यो एकदमै ठिक रहेछ र म पनि हरेक बोट विरुवालाई तिनिहरुको अवस्था बारे बुझने कोशिस गर्छु र त्यहि अनुसार व्यवस्थापन गर्ने गर्छु र अरू किसान साथिहरुलाई पनि म के सल्लाह दिन्छु भने तरकारि खेति गर्ने हो भने पहिले इच्छा शक्ति र मेहेनत लगाभ हुनु जरुरि छ । म पनि सिक्दै छु अबका दिनमा अझै ४-५ रोपनि जग्गामा तरकारि खेति बिस्तार गर्ने योजना बनाएको छु ।