हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार १७:३१

काठमाडौं, माघ २४ गते ।

काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित ग¥यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे ।

सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १–१ गोल गरे । संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् ग¥यो । संस्कृतिका सहज भण्डारीले दुवै गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए ।

ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गरे । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो । विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १–१ गोल गरे । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पा¥यो । न्यु इराका विक्रान्त खतिवडाले ह्याट्रिक गरे । एनआईसीका स्लोक पौडेल एक गोल फर्काए भने एक गोल आत्माघाती रह्यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले ह्याट्रिक गरे भने करण लामा र अनिश पुजाराले २–२ गोल थपे ।

बास्केटबल ः

गल्र्स बास्केटबलमा संस्कृतिले एक्सेल्सियरलाई १९–६, रेडिअन्ट पब्लिकले द चाँदबाग स्कुललाई २०–८ र रातो बंगलाले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २७–४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । संस्कृतिकी निशि महतले ६, रेडिअन्टकी रिजा मोक्तानले ६ र रातो बंगलाकी अन्शु उरावले १७ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलमा जेनिथले रातो बंगलालाई ४०–१३ तथा एमआईएसले पिपल्स एकेडेमीलाई ३४–२३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । जेनिथका सुशिल शाहीले १५ तथा एमआईएसका आयुश राईले २३ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु