दोहा,अतिकम विकसित मुलुक(एलडिसि)को पाँचौ सम्मेलनमा नेपालको प्रतिनिधीत्व गर्दै कतार भर्मणमा आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधीमंडललाई गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारले भेटघाट तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कतारको राजधानी दोहामा आइतबारदेखि अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन भईरहेको छ । सम्मेलनमा नेपाल सरकारका तर्फबाट उपप्रधान एबं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सहभागिता जनाई मंगलवार स्वदेश फिर्ता भएका छन ।
९ मार्च सम्म हुने अतिकम विकसित राष्ट्रहरूको पाँचौ सम्मेलनमा भाग लिन कतार आएका उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा गैर आवासीय नेपाली संघ एनआरएनए कतारले बृहत कार्यक्रम आयोजना गरि नेपालीहरुको सम्भावना र चुनौतिका बारेमा छलफल गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र नेपाली डेलीगेट्सको नेतृत्व गरेका उपप्रधानमन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा जानुनै गलत नभएको जनाउदै परिवार लालन पालन र सन्तानको शिक्षाकै लागि अदक्ष कामदारका रूपमा विदेशिनु दुखद रहेको र यसको अन्त्य गर्नु सरकारको दायित्व भएको बताए । श्रेष्ठले दक्षता हासिल गरेर विश्वमा जहाँ बसेर जे पेशा गरे पनि यसले राष्ट्रलाई नै टेवा पुर्याउने बताए । श्रेस्ठले आजको मूख्य आवश्यकता भनेको आर्थिक विकास र समृद्धिलाई तीव्रता दिनु नै रहेको जनाउदै जनताका न्यूनतम आवश्यकता पूरा गर्न सरकार चुकेको स्वीकार्दै सरकार सफल हुन जनताले पनि साथ दिनु पर्नेमा बताए । उनले गल्फ र मलेसिया पसेर बाध्यतामा काम गरिरहेका नेपाली श्रमिकलाई आफ्नै देशमा आफ्ना परिवारका साथमा रहेर स्वदेशी भूमिमै केही गर्ने वातावरण सिर्जना गर्न नसके राजनीतिक परिवर्तन गरेको उद्देश्य पूरा नहुने बताए । श्रेष्ठले उक्त कार्यक्रममा प्रवासी नेपालीले दिएका सुझावलाई सकारात्मक लिँदै अधिकतम कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्दता व्यक्त गर्दै एकपटकको नेपाली सधैँको नेपाली भए पनि संविधानमा नेपाली नागरिकले दुईवटा देशको नागरिकता बोक्न नपाउने प्रावधान रहेको बताए । उनले २ वटा नागरिकता बोक्ने नागरिकले विदेशमा मताधिकार प्रयोग गर्ने हुँदा नेपालमा मताधिकारको प्रयोग गर्न नपाइने व्यवस्था गरिएको स्पष्ट पार्दै अब त्यसलाई कार्यान्वयनमा लैजाने बताए । श्रेष्ठले अहिले देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताए ।
उनले धेरै संकटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गर्दै यस्मा विदेशमा बस्ने नेपालीहरुलाई साथ दिन आग्रह गरे ।
श्रेष्ठले मुलुकलाई ऊर्जा, यातायात, र डिजिटल जडानको लागि गुणस्तरीय, दीगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्दै उनले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र सुरक्षाको लागि र मानव संशाधन क्षमताको विकास र उपयोग गर्न बलियो सामाजिक सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली चाहिने बताए ।
उनले रास्ट्रलाई किन र कसरी गरिबी र अल्पविकासको निरन्तरताबाट पीडित भइरहने भन्ने ठूलो प्रश्न उठेको जनाउदै अतिकम विकसित मुलुकले बलियो औद्योगिक क्षमता, राम्रो उत्पादक र विस्तारित निर्यात आधारको साथ आफ्नो अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए ।
विकास साझेदारलाई सहयोग बढाउनका लागि आह्वान गर्दै श्रेस्ठले अर्थतन्त्रले महामारी, द्वन्द्व र जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटको आक्रमणको सामना गरिरहेको उल्लेख गरे । कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु सङ्कटको सबैभन्दा बढी शिकार अल्पविकसित राष्ट्र भएको उल्लेख गर्दै न्यायका लागि अनुकूलन, न्यूनीकरण, हानी नोक्सानीका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड दिए । मुलुकमा सरल पहुँचको साथ डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने बताउँदै श्रेष्ठले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्न विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउन साहसी कदम चाल्नु पर्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि प्रक्रिया सहज र दीगो बनाउन नेपाल सरकारले आवश्यक काम गरिरहेको बताउँदै सन २०२६ बाट नेपाल अती कम बिकसित देशको सुचिवाट हट्ने बताए । उनले यसरि हटाउदा घाटा र नाफा दुबै हुने पनि बताए ।
उक्त कार्यक्रममा राष्ट्रीय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले हाल देशको प्रमुख आय स्रोत रेमिटेन्स नै भएकाले बैधानिक स्रोतबाट रेमिटेन्स पठाउन सबैलाई आग्रह गरे । उनले विदेशमा रहेका नेपालीहरुले देशलाई धेरै माया गर्ने जनाउदै सबैको सहकार्यमा देशको विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले रेमिटेन्सलाई बैधानिक बाटोबाट पठाउन अनुरोध गर्दै विदेशमा रहेका नेपालीहरुको देश विकासमा ठुलो योगदान रहेको बताए ।
कार्यक्रममा कतारका लागी नेपाली राजदुत डा.नरेश बिक्रम ढकालले उप प्रधानमन्त्रीको नेतृत्वलाई कतारमा स्वागत गर्दै आफुले नेपाली समुदायसँग सहकार्य गरेर काम गरिरहेको र गर्ने बताए । डा. ढकालले एनआरएनएले नेपाली समुदायको हक हितका लागी धेरै काम गरिरहेको जनाउदै एनआरएनएको सराहना गरे ।
उक्त कार्यक्रममा एनआरएनए उपाध्यक्ष आरके शर्माले रेमिटेन्सको सही सदुपयोग गर्न उपप्रधानमन्त्री श्रेष्ठ समक्ष आग्रह गर्दै रेमिटेन्सको १० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग गरे । शर्माले आफुले धेरै पहिलेदेखि सरकारसँग यो बिषयमा पटक पटक कुरा भएपनि लागु नभएकोमा आफू दुखी रहेको जनाउदै सरकारले यती मात्रै गरेपछी अबैधानीक बाटोबाट पैसा नेपाल नजाने र रेमिटेन्समा ठुलो रकम बृद्दि हुने बताए ।
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढि रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु नै आजको आवश्यकता रहेको बताए । उपाध्यक्ष शर्मा विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा सामुहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गर्दै आउने ब्यक्तिका रुपमा चिनिन्छन ।
उक्त कार्यक्रममा एनआरएनए उपाध्यक्ष शर्माले नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मख्ख मात्र नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसा बाहिर गइरहेको दावी पनि गरे । उनले भने –‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर पनि गइरहेको छ ।’
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्व पूँजी संकलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने बताए । उनले भने–‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा फेरि ६० प्रतिशतभन्दा बढि रेमिट्यान्स बाहिर नै गइरहेको छ ।’ उनले उक्त कार्यक्रममा उप प्रधानमन्त्री एबं सरकारी पदाधिकारी समक्ष प्रश्न गरेका छन –‘ रेमिट्यान्सको सही सदुपयोग कहिले हुन्छ ?’
विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहे पनि मन हरपल नेपाल मैं रहिरहने भएकाले सबैको साझा सपना भनेको सुरक्षित र सम्मानित वैदेशिक रोजगारका साथै रेमिट्यान्स, सीप, ज्ञान तथा अनुभवको लगानी गरेर स्वदेश नै फर्कने रहेको शर्माले बताएका छन् ।
प्राकृतिकरुपमा धनी देशमा नेपालीहरु ‘आफ्नो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसंग झण्डै ४२ हजार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो ।’
अहिले विश्व क्लिन इनर्जीको पछि लागिरहँदा नेपालले पनि योजनाबद्ध ढंगबाट लाग्ने हो भने नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाई छ । उनी भन्छन–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ । कार्यक्रममा उपाध्यक्ष शर्माले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन सरकारसमक्ष आग्रह गरेका छन ।
उक्त कार्यक्रममा एनआरएनएका यूवा उपाध्यक्ष राज रेग्मीले नेपाल सरकार र एनआरएनए समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै गैरआवसिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच नछिपेको बताए । उनले एनआरएनएको यूवा उपाध्यक्षको नाताले यस अभियानका गतिविधीलाई अत्यन्त गौरवको रुपमा हेरेको जनाउदै विविध कारणवाट देशलाई समस्या परेको समयमा संघले सक्दोरुपमा सहयोगका लागी कुनै कसुर वाँकी नराखेको बताए । नेपाल सरकार र गैर आवासिय नेपाली संघ समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै रेग्मीले
वैदेशिक रोजगारीको साथमा व्यावशायीक संलग्नतामा आफुले लामो श्रृखला पार गर्दै विगतदेखि वर्तमानमा आइपुग्दा समाज भित्र रहेर धेरै सेवा गर्ने र ज्ञान प्राप्त गर्ने अवसर पाएको बताए । रेग्मीले समाजसेवा आफ्नो लागि आत्मसन्तुष्टिको विषय बनेको छ जनाउदै
गैर आवासीय नेपाली संघको यो लामो यात्रामा संघका उद्देश्यले सार्थकता पाईरहेको महसुस हुदै गर्दा संघले नेपालको विभिन्न कालखण्डमा आई परेका दैविप्रकोप र अन्य राष्ट्रिय समस्याहरुमा गरेको मानविय र सामाजिक कार्यहरुको अलवा सामूहीक लगानी, संघका अग्रज अभियन्ताहरुले शिक्षा, पर्यटन, स्वास्थ्य र विद्युत क्षेत्रमा गरेको लगानीहरुलाई महत्वपूर्ण आधारका रुपमा हेरिएको बताए । सामुहिक लगानीबाट आर्थिक विकास र समृद्धीको आधारमा विश्वास भएपश्चात फेरी पनि गैर आवासीय नेपाली संघले संस्थागत रुपमा एनआरएन डेभलपमेण्ट फण्डको व्यवस्था गरी १० अर्व
लगानी गरेको जनाउदै र एनआरएनए देश विकाशको लागी नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा एनआरएनए सचिव प्रविन गुरुङले नेपालवाट आएको प्रतिनिधीमंडललाई स्वागत गर्दै देश विकाशको लागी रुल र रेगुलेसन आवश्यकता रहेको बताए । उनले कतारले २० बर्षमा विकाशमा फड्को मारेको जनाउदै प्राकृतिक सम्पदाले भरिपुर्ण नेपाल सरकारसँग ईच्छाशक्ती हुने हो भने बिकाशको लागी समय नलाग्ने बताए । उनले देश विकाशको लागी विदेशमा बस्ने नेपालीहरुको जे योगदान गर्न परे पनि आफूहरु तयार रहेको बताए । कार्यक्रमका अन्य बक्ताहरुले पनि देशको प्रचुर सम्भावनालाई प्रयोग गर्न र देश विकाशका लागी विदेशमा बस्ने नेपालीहरुको जस्तो योगदान चाहिए पनि आफूहरु गर्न तयार रहेको उप प्रधानमन्त्री नेतृत्वको कार्यदललाई कतारवासी नेपालीहरुले बताएका थिए ।
कार्यक्रमको समापन गर्दै एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदाले सरकारले लाइसेन्स र राष्ट्रिय परिचय पत्र दूतावासबाट जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरे । त्यसको कार्यान्वयनका लागि दुतावासमा थप कर्मचारी पठाउन मुक्तदाले मन्त्री समक्ष अनुरोध गरे । अध्यक्ष मुक्तदाले नेपालमा लगानी भित्र्याउन दूतावासमा छुट्टै व्यवसायी डेस्कको आवश्यकता रहेको जनाउदै मध्यपूर्वबाट केही पर्यटक मात्र भित्र्याउन सके पनि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । अध्यक्ष मुक्तदाले एनआरएनए एनसिसिले अप्ठ्यारो र समस्यामा परेका नेपालीका लागि सदैव अभिभावकीय भूमिका निर्वाह गर्दै आएको र सधैं गरिरहने बताए ।एनआरएनए कतारको दोस्रो सफल कार्यकाल संपन्न गर्ने तरखरमा रहेका मुक्तदाले एनआरएनए अभियानले कतारलगाएत मध्यपुर्वका श्रमीकको हकहितको लागी धेरै काम गरेको बताए ।
उक्त कार्यक्रममा उपप्रधान एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगै , राष्ट्रीय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ , सभासद जितेन्द्र नारायण देव ,परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल ,प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा. गणेश प्रसाद पाण्डे , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासैनी , राष्ट्रीय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी , महामहिम मणिप्रसाद भट्टराइ स्थायी प्रतिनिधि, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभा, महामहिम अमृत बहादुर राइ स्थायी प्रतिनिधि, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्यूयोर्क, महामहिम डा. नरेश बिक्रम ढकाल कतारका लागी नेपाली राजदुत,बम बहादुर मिश्र डेपुटी गभर्नर नेपाल रास्ट्र बैंक,
सेवा लम्साल सहसचिव परराष्ट्र मन्त्रालय, प्रकाश दाहाल सहसचिव राष्ट्रीय योजना आयोग, प्रथमा उप्रेती काउन्सेलर स्थायि प्रतिनिधी, संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्यूयोर्क,पुरुषौत्तम ढुंगेल प्रथम सचिव संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्यूयोर्क,
कृष्ण नेपाल सहसचिव अर्थमन्त्रालय, प्रमीता अधिकारी उपसचिव परराष्ट्र मन्त्रालय, सुरेश काजी श्रेष्ठ स्वकीय सचिव उपप्रधान एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, एनआरएनए आईसीसी उपाध्यक्ष राजेन्द्र कुमार शर्मा, आईसीसी युवा उपाध्यक्ष राज रेग्मि, आइसीसी सचिव प्रबीन गुरुङ , आइसीसी सहकोषाध्यक्ष होमनाथ शर्मा, आइसीसी पुर्ब उपाध्यक्ष सागर नेपाल, आइसीसी सदस्यहरु, आईसीसी निबर्तमान आईसीसी मानार्थ सदस्यहरु, एनसीसी कतारका पदाधिकारीहरु, कतारमा स्थापित संघ सँस्थाका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी बुद्धिजीवी एबं सामाजिक अभियन्ताहरु लगाएतको उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष जैवि चाम्लिङ राईले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव पदम गिरीले सहजीकरण गरेका थिए ।