यहि फाल्गुन ३० गते देखि पारिजात मार्ग, हेटौडा कभर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिताका सेमि फाईनल खेलहरु सम्पन्न भएका छन् ।
आज सम्पन्न भएका खेलहरुमा मिनिमम वैट ४८ किलो तौल समुहमा अल्फाका विशेस बुढामगरले ललितपुरका प्रकाश कठायतलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् । सोही तौल समुहमा भाईब बक्सिङ्गका सन्जय लामाले नक्सालका मानव लामालाई पराजित गर्दै फाईनलमा अल्फाका बुढामगरसंग भेट पक्का गरेका छन् ।
त्यसैगरी फ्लाई वैट ५१ किलो तौल समुशमा एबसी सुनसरीका सविन लिम्बुले अछामका राम बहादुर ऐडीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा र बक्समाण्डुका प्रबल उपे्रेतिले प्यूठानका निराजन चौधरीलाई ५ः० कै अन्तरले पराजित गर्दैै फाईनलको यात्रा तय गर्न सफल रहेका छन् ।
बैन्टम वैट ५४ किलो तौल समुहमा दाङ्गका विवेक देवकोटाले रुपन्देहीका अमृत थाडारीलाइ ५ः० को युनानिमस डिसिजनमा र सोही तौल समुहमा अल्फाका जीवन महराले नक्सालका पुकार जोशीलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
फेदर वैट ५७ किलो तौल समुहमा डिजिबक्सका आयुस श्रेष्ठले रेज बक्सिङ्ग क्लबका आयुश श्रेष्ठले दमकका योयल राईलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । सोही तौल समुहमा बक्समाण्डुका आयुश थापाले दमक बक्सिङ्ग क्लबका निर्मल रिजाललाई ४ः१ को अन्तरमा पराजित गर्दै फाईलमा प्रवेश गरेका छन् ।
लाईट वैट ६० किलो तौल समुहमा भाईब बक्सिङ्ग क्लबका निराजन मुक्तान र डिजिबक्स बक्सिङ्ग क्लबका सौरभ राईले फाईनलको विजयी यात्रा तय गरेका छन् । दुवैले समान अन्तर ५ः० मा क्रमशः कैलालीका श्रीजन वि.के. र एबीसी बक्सिङ्ग क्लबका एक्लिस साहीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
६३.५ किलो तौल समुहमा नक्साल बक्सिङ्ग क्लबका प्रज्वल श्रेष्ठले बक्समाण्डु बक्सिङ्ग क्लबकाका निमा शेर्पालाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गरे भने सोही तौल समुहमा मकवानपुरका सोहन राईले ललितपुरका विकल्प राईलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
वैल्टर वैट ६७ किलो तौल समुहमा स्वीट बक्सिङ्ग क्लबका आभास विक्रम साहले कैलालीका शाहिल कर्ण मल्ललाई आर एस सी को आधारमा पराजित गरे भने सोही तौल समुहमा बक्समाण्डुका लाक्पा शेर्पाले कास्कीका निश्चित भट्टचनलाई ५ः० को युनानिमस डिसिजनमा पराजित गदैै फाईनलमा प्रवेश गरेका छन् ।
महिला तर्पmका मिनिमम ४८ किलो तौल समुहमा अछामका निर्मला ऐडीले कास्कीका नायरा मगरलाई दोस्रो राउण्डमा आरएससीको आधारमा रोके भने सोही तौलमा बक्समाण्डुका पूर्णीमा तामाङ्गले दमकका प्रतिक्षा राईलाई ४ः१ को स्पिलिट डिसिजनमा पराजित गरिन ।
लाइट प्mलाई वैट ५० किलो तौल समुहमा रेज बक्सिङ्ग क्लबका युजेन शर्माले मकवानपुरका रोशनी घलानलाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
प्mलाई वैट ५२ किलो तौल समुहमा भक्तपुरका भावना भण्डारीले चितवनका तिलमाया सरु मगराई ५ः० को युनानिसम डिसिजनमा पराजित गरे । ५७ किलो तौल समुहमा बक्समाण्डु बक्सिङ्ग क्लबका प्रिति श्रेष्ठले दमकका स्मारिका राईलाई ४ः१ को अन्तरले पराजित गरे ।
महिला तर्पmको लाईट वैट ६० केजी तौल समुहमा एबीसी सुनसरीका सन्ध्या राईले चितवनका जस्मिन गुरुङ्गलाई पहिलो राउण्डमै आरएससीको आधारमा रोके । सोही तौल समुहमा भूमी बक्सिङ्ग क्लबका बबिता गोदार क्षेत्रीले उदयपुरका बृसना राईलाई पहिलो राउण्डमै आर एस सी को आधारमा पराजित गरे ।
महिला तर्पmको वैल्टर वैट ६६ किलो तौल समुहमा भने रेज बक्सिङ्ग क्लबका शसीना विष्टले बक्समाण्डुका प्रितिसा राईलाई ३ः२ को स्पिलिट डिसिजनमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
भोली सम्पुर्ण फाईनल खेलहरु दिनको ठिक ११ बजे हेटौडा कभर्डहलमा सञ्चालन हुनेछन ।