-श्लोक सिंह श्रेष्ठ
कक्षा -६ श्री नमुना आवासीय माध्यमिक बिद्यालय ,पर्बत कुस्मा बजार
हाम्रो देश,राम्रो देश प्यारो नेपालका हामी नेपाली आफैमा एउटा सुन्दर राष्ट्र भन्न म रुचाउँछु।पूर्ब पश्चिम देखि मेची महाकाली सम्म फैलिएको हाम्रो नेपाल जहाँ सयौ थरि भाषा,धर्मं,भेषभुषा र रहनसहन सँग जोडिएको सिंगो देशमा बस्ने हामी नेपाली एक हौ।
हाम्रो देशको राजधानी काठमाडौं आफैमा एउटा सहरी बिकास र देश चलाउने, निति नियम,ऐंन कानुन बनाउने स्थान भनेर पनि भन्न सकिन्छ। पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भू, लुम्बिनी, मनकामना लगायतका चार धार्मिकस्थल रहेको देश संगग्रमा भन्दा हाम्रो नेपाललाई मठ मन्दिरको देश भनेर पनि भन्ने गरिन्छ। त्यही पनि आजकल हाम्रो देश बुद्ध भूमि,सीता माता र पबित्र कालीगण्डकी नदीको संगम हो र त्यसका हामी सच्चा नेपाली हौ।
मेरो देशमा हिमाल, पहाड र तराई हुनुका साथै विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा रहेको मेरो देशका हामी हिमाल जस्तै अटल नेपाली हौ र सधै रहने छौ।
भृकुटी र अरनिको जस्ता महान् विभूति जन्मेका हाम्रो देशमा कला सस्कृतिको धनि देशमा रहने हामी नेपाली को बिश्व भर नाम राख्न सफल छन।
अहिले हामी नेपाली हिन्दु, बौद्ध, इस्लाम, किराँत, सिख,क्रिस्चियन लगायत धेरै थरी धर्म प्रति आस्था राख्ने धर्म निरपेक्ष देश भनेर पनि भन्ने गरिन्छ।दसैं, तिहार, छठ, ल्होसार, तीज, इद ,क्रिसमस लगायत मुख्य मुख्य चाडपर्व मानने गर्दछौ।
उत्तर तिर टिल्लिक टलकिने चाँदी जस्तो हिमाल हेरे झनै राम्रो, शीतल , सुन्दर शान्त छ हरियाली वन पाखाले लोभ्याउँछन् यसले सारा स्वदेशी तथा विदेशीहरूको मन ध्यान खिची दिएको छ। प्रकृतिले यही दृश्य अवलोकन गर्न बर्षनी पर्यटक आउने देशका हामी नेपाली हौ।
अन्त्यमा आर्थिक,सामाजिक, सम्मुन्नत समाज र देश सेवामा सबै जना एक भएर हातमा हात र काँधमा काँध मिलाएर अघि बढ़ने हामी नेपाली बन्न आवश्यक छ र हुनु पनि पर्दछ।