डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरणशिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा

पत्याउनै पर्ने अपत्यारिलो दरबार हत्याकाण्ड छानविन होस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १९ गते, शुक्रबार ०५:५४

—शिव अधिकारी
पूर्व महासचिव नेपाल व्यवस्थापन संघ

देश ज्यादै सुन्दर संपदापूर्ण सम्पन्न भएर पनि यसको विकास कार्यक्रमको अनेकौ आकांक्षाले पूर्णता पाउन सकिएको छैन । यो देश सानो भनिएपनि विश्व समूदायमा यसको अतुलनीय विशेषता रहेको छ । हामी सबैले गर्व गर्ने भूगर्भीय सर्बोच्चताको गर्वानुभव गरिरहेका छौँ । तर त्यो उच्चाई हाम्रो पौरख नभएर स्वतः प्रगति प्रदत्त सम्पदा हो भने यसमा हाम्रो कुनै पौरख छैन । यहाँ धेरै किसिमका पुरातात्विक संपदाहरु छन । त्यस्ता संपदामा पनि हाम्रो कुनै पौरख छैन । यि सबै विभिन्न साशनकालका संरचना हुन । हामीले यसै किसिमका कुनै पनि विशेष काम गर्न सकिरहेका छैनौ ।
नेपालको साशनको ऐतिहासिक धरातल विग्रहपूर्ण र आतंकित अवस्थाको छ । वास्तवमा पृथ्वी नारायण शाहको एकिकरण अभियान पछिको साशन व्यवस्था सुखद बन्न सकेको पाईएन । बहादुर शाहको विरत्वपूर्ण राज्य विस्तार अभियनलाई विचमै तुहाएर उनको विदिर्ण अवसान सम्म पुग्नुपरेको यथार्थ वि.सं. १८५४ आषाढ १४ गते शनिबार पनि हाम्रै विडम्वनाको दिन हुन पुगेको हो । त्यस्ते भिमसेन थापाले राष्ट्रको लागि गरेको योगदानको कदर गर्नुको बदला उनको वि.सं. १८९६ साल श्रावण १६ गते उनको विभत्स अवसान हुन पुगेको थियो ।

यस्तै विभत्सता मुलुकले निरन्तर वेहोर्नु परेको कुरा फेरी एक इमान्दार माथवर सिंह थापाको वि.सं.१९०२ साल जेठ ६ गते उनलाई बोलायर जंगवहादुर गगन सिंहले गोलीहाने पछि राजा राजेन्द्र स्वयंले आफ्नो तरवारले दुवै हात काटी दिए पछि उनको जीवन लिला समाप्त भयो । यो साच्चै क्रुरताको परकाष्टा थियो । त्यस्तै जंग बहादुर राणाको वर्चस्व दरवारमा बढ्दै गएको अवस्था वनिसकेपछि उनले सशनको बागडोर नै हातपार्नु पर्छ भन्ने कुत्सीत मनसाय लिन थालेको अवस्था बनाउने कसरत गरिरहेका थिए । यसै विच मन्त्रिपरिषदका सदस्य गगन सिंहको हत्याबाट आक्रोसित महारानी राज्यलक्ष्मीले सो हत्या पत्तालगाउन वि.सं. १९०३ भाद्र ३२ गते शनिवार कोत परिसरमा सबै भारदार जम्मा हुने आदेश दिएपछि जंगबहादुरको चलाखीले आफ्ना विरोधी सबै नास गर्ने अभिप्रायले ठूलो हत्या काण्डको रचना गरेका थिए । वास्तवमा यसै घटनाको पृष्ठभूमिबाट राणा साशनको उदय भएको र त्यसले १०३ बर्षसम्म निरन्तरता पाएको हो ।

यस्तै घटनाको क्रममा युवराज त्रैलोक्य विक्रम शाह राजासुरेन्द्र विक्रम शाहका जेठा छोराको रुपमा वि.सं. १९०४ मंसिर महिनामा जन्मिएका थिए । उनि राणाको हातमा गएको साशन फिर्ता गर्न प्रयाशरत थिए । यसै कारण युवराज राणाहरुको आखाको तारो बनेका थिए । यसै षढयन्त्रको कारण नै हुनुपर्छ युवाराज त्रैलोक्यले राजपाटमा प्रवेश नपाउँदै उनलाई वि.सं. १९३४ मा ३० बर्षकै अल्पायुमै उनको अवसान भयो । यिनलाई धिर शंशेर राणाले विष प्रयोग गरि मारेको चर्चा पनि छ । यसैक्रममा जगतजंग जंगवहादुरका छोराको पनि शंम्शेर खलकले मारेकै हुन ।
दुःखद घटनाको निरन्तरताले दरवार आक्रान्त नै रहन पुगेको अवस्थामा वि.सं. १९३८ मा प्रधानमन्त्रि रणोद्दिप सिंह सिकार खेल्न तरँर्य र गएका थिए । त्यस अबस्थामा राजा सुरेन्द्रका छोरा नरेन्द्र विक्रम शाहले प्रधानमन्त्रि रणोद्दिप, सेनापति धिर शंम्शेर र उनका संन्तान सबै सखाप पार्ने षढयन्त्र गरेको भन्ने सोच राणा परिवारको थियो । यसैको जानकारीको आधारमा नरेन्द्र विक्रम शाह, जगत जंग राणा, बमजीर सिंह समेत लाई इलाहवादको चुनारगढ किल्लामा नजरबन्द गरेका थिए । यसै विच प्रधानमन्त्रि रणोद्दिप सिंहले राजपाट भतिजा जगत जंगलाई सुम्पेर आफू सन्यास हुने सोच बनाएका थिए । यद्यपी जगत जंगलाई रोलक्रमबाट हटाईएको ले विद्रोहको संभावना थियो । वास्तवमा यसै षढयन्त्रको रहस्योद्घाटन भए पश्चात शंम्शेर खलकले रणोद्दिप सिंहलाई नै आफ्नो नजिकबाट टाढा राख्ने अर्को षढयन्त्र गर्न शुरु गरेका हुन । यसै षढयन्त्रको फलस्वरुप विर शंम्शेरले वि.सं. २०४२ साल पर्वको रुपमा घटित घटनामा खड्ग शंम्शेरको गोलीबाट रणोद्दिप सिंहको हत्या भएको हो । यसै अनुरुप जंगबहादुरका छोरा जगत जंग र नाती जर्नेल युद्धप्रताप जंगको समेत हत्या गरिएको हो।

दरबारको षढयन्त्रको तानावाना बुन्ने र हत्या काटमारको अवस्था यतिमै सकिएन । दरबार रक्त रंजित बन्ने क्रम जनताको लागि नौलो पनि थिएन । यद्यपी भारतीय स्वतन्त्रता आन्दोलमा समेत सहभागी भएका पुस्पलाल, मनमोहन अधिकारी, नरहरी नाथ, बि.पि. कोईराला, कृष्ण प्रसाद भट्टराई लगायतले भारत स्वतन्त्रताको लागि संघर्षमा सामेल हुँदै जेलको सजाय समेत पाएका थिए । यता देशलाई राणा साशन विरुद्ध संघर्षरत रहने क्रममा वि.सं. १९९७ सालमा निर्दोश देशभक्तहरुलाई राणाहरुले हत्या गरे । यसरी ४ जना होनाहार युवालाई हत्या गरेको दिन पारेर माघ १६ गते नेपालले शहिद दिवस मनाएर उनिहरुको संम्मान गर्ने गरेको हो ।

राजनीतिक परिवर्तनको श्रृंखला यो घटनाले मत्थर गर्न सकेन । झन संगठित र उत्तेजित हुँदै राणा साशन विरुद्ध चर्किएको आन्दोलनले राजनीतिक नेताहरु संगठित हुँदै पार्टी घोषणा गर्न सुरु गरे । वि.सं. १९९२ सालमा स्थापना भएको नेपाल प्रजा परिषदको संलग्नतामा चार युवाहरु शहिद भए भने रामहरी शर्मा लगायत ब्राह्मणलाई भने चार पाटा मोडेर देश निकाला गर्ने काममा पनि राणाहरु पछि परेनन । सहिदहरुको साहसिक वलिदानको कारण नेताहरु उत्साहित हुँदै गए । फलस्वरुप कलकत्तामा भएको वि.सं. २००३ माघ १२ र १३ गते भएको संम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेशको स्थापना भयो । यो संम्मेलनमा सूर्यबहादुर भारद्वाज पनि गएका थिए । यसरी गठित संगठि राजनीतिक शक्तिले राणाशाहीलाई ठूलो हाँक दिएको थियो ।
देशका राजनीतिक परिवर्तनको आन्दोलन क्रमश तिब्र हुँदै गएको थियो । यसलाई बल दिने काम वि.सं. २००६ साल बैशाख ९ गते पुस्पलाल श्रेष्ठको अगूवाईमा नरवहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलाश जोशी लगायतले नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गरे अनुसार कम्यूनिष्टको कठोर आन्दोलित अवस्था पनि प्रमुख बन्न पुगेको थियो । त्रिभूवनले दरवार छोडेर भारतीय दुतावासको सहयोगमा राणा विरोधी आन्दोलनको घोषणा संगै सरण लिएको वि.सं. २००७ साल कार्तिक २१ गते भारत प्रस्थान गरेक थिए ।
राजनीतिक परिवर्तनको लागि चालिएको यो कदम थियो भनिन्छ । यद्यपी भारतमै सरण किन लिनु परेको हो । यो जनताको लागि सुपाच्य छैन । जे होस जहानीया साशनको अन्त्य भएर वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको घोषणा भयो भनेर हामी त्यो दिनलाई गर्वका साथ दिवस मनाउने गर्छौँ । परिवर्तन त आयो तर पनि यसलाई साथ दिने राजा त्रिभूवनको पनि सहज मृत्यू भएको व्हैन भन्नेहरु यद्यपी छदैछन । हो यो कसरी भएको थियो कतै खोजी भयो त ? यो प्रश्न सधै अनुत्तरित नै छ ।
राजा त्रिभूवन उपचारकै क्रममा वि.सं २०११ साल फागुन ३० गते स्विटजरल्याण्डको जुरिच अस्पतालमा स्वर्गबास भएपछिको अवस्थामा श्री ५ महेन्द्र वि.सं २०११ साल चैत्र १ गते नेपालको राजगद्दीमा बसेका थिए । राजा महेन्द्रले देशको लागि केही नयाँ कामहरु गरेर जनताके जीवनस्तर उकास्न निकै प्रयत्न उनबाट भएको थियो । देशको विकास कार्यक्रम व्यवस्थित गर्ने २०१३ सालमा योजना आयोग, र वि.सं २०१३ बैशाख १४ गते नेपाल राष्ट्रबैंकको स्थापना गरेका थिए । देशभर नेपाली मुद्रा चलाउने, नेपाली भाषालाई सबैको पृय भाषा बनाउने, दक्षिणी सीमामा पूर्व सैनिकलाई बसोवास गराएर सीमा सुरक्षा गर्ने, पूर्व पश्चिम राजमार्गको सुरुआतको साथै कोदारी राजमार्र्ग खोलेर नेपाल चीन मैत्रीलाई मजबूत बनाउने काम महेन्द्रले गरेका हुन् । यसरी जनता प्रति अति संवेदनशील देशको सुरक्षामा कटिबद्ध राजा महेन्द्रको पनि अन्तिम अबस्था वि.सं २०२८ माघ १७ गते भरतपुरको दियालो बंगलामा रहस्यमय मृत्यू भयो भन्ने चर्चा अझ पनि चलेकै छ ।
राज संस्थाको निरन्तरताको क्रम संगै राजा विरेन्द्रले महेन्द्रको मृत्यू पनि वि.सं २०२८ साल माघ १७ गते नेपालको राज गद्दी समालेका थिए । यिनले सशन गर्नेक्रमका नौला अनुभवहरु ज्नतामासम्म महसूस हुन सकेको हो । देशको गरिवी निवारणको लागि साना किसान विकास कार्यक्र संचालन, कृषिलाई प्राथमिकताका साथ सुधार गरेर देशलाई सम्पन्न बनाउने प्रयत्न, राजनीतिमा विद्रोहीको माघ अनुसारको कार्य गर्न जनमत संग्रह, त्यस्तै वि.सं २०४६ सालमा पञ्चायती व्यवस्थालाई अन्त गरि संसदीय व्यवस्थाको शुरुआत जस्ता अति लोकपृय काम राजा विरेन्द्रले गरेका हुन । अझ स्मरण लायक काम भने आफ्नो राज्या भिषेकको अवसरमा वि.सं २०३१ साल फागुन १२ गते विरेन्द्रकोे राज्या भिषेक भएको थियो । यसै अवसर पारेर राजा विरेन्द्रले विश्वका ६० देशहरुबाट प्रतिनिधित्व गरिरहेका राष्ट्राध्यक्ष र सरकार प्रमुख विचमा सोही फागुन १३ गते आयोजना गरेको कार्यक्रममा नेपाललाई शान्ति क्षेत्रको घोषणा गरियोस भन्ने प्रस्ताव राखेका थिए । यो बुद्धभूमि नेपालबाट पवित्र उदेश्यका साथ राखिएको प्रस्तावलाई भारतले स्वीकार्न मानेन, तर झण्डै ११६ देशले यसमाथि समर्थन जनाई सकेका छन । वास्तवमा यो प्रस्ताव आजको परिवेशसम्म आईपुुग्दा अत्यन्त उपयोगी र विश्व शान्ति स्थापनाको दरो सूत्राधार बन्न सक्ने अवस्थामा पुगेको पाईन्छ । संसदीय व्यवस्थाको स्थापना पछि पनि जपक्षीय आधार सबल हुन नसके पछि वि.सं २०५२ सालमा माओवादी जनयुद्धको घोषणा भयो । यो घोषणा सगै राजनीतिक साशन प्रणालीमा ठूलो तरंग पैदा हुन पुगेको हो । यसरी सुरुभएको युद्धलाई राजा विरेन्द्रले वार्ता गरेर समझदारीमा पुग्नु पर्ने आशय शुरु देखिनै राखेका हुन । यद्यपी दरवारीया असमझदारी र कांग्रेश एमालेको माओवादीलाई दबाउनु पर्छ भन्ने सोचका कारण यो युद्ध विकराल बन्दै गएको हो ।

माओवादी विद्रोहीलाई समेत वार्तामा ल्याएर उनिहरुको माग पुरा गरिदेशमा राजनीतिक स्थायित्व कायम गरेर सबै विकास कार्यक्रममा एकजूट हुने वातावरण बनाउन तल्लिन राजा विरेन्द्र दर्वार भित्र र वाहिरका शक्ति र विदेशी समेतको तारो थिए । अन्तिम समयमा माओवादी नेताहरुसंग आफ्ना कान्छाभाई धिरेन्द्रलाई लगाएर वार्ता अगाडी बढाएका र माओवादी नेता प्रचण्ड लगायतका उच्चस्तरले समेत वार्तावाट यो समस्या समाधान गर्ने प्रयाश भैरहेको थियो ।
वास्तवमा दरवार हत्या कलह र विग्रहको अखाडा बनेको धेरै पहिले देखिनै हो । निर्दोषहरु मारेर बद्मासले साशन सत्ता हत्याउने क्रम निरन्तर नै थियो । यसै अवस्थामा राजा विरेन्द्रको दरवारिया छलफलामा उनि वार्ताबाट समस्या समाधान गराउने तर उनैका भाई ज्ञानेन्द्र भने माओवादीलाई मारेर सिध्याउने धुनमा थिए । यस अवस्थामा अधिराज बनेका ज्ञानेन्द्र भने विरेन्द्रको शान्तिपूर्ण निकास खोज्ने कुरामा सहमत थिएनन । उनिहरु भारतका सुरक्षा सल्लाहकार ब्रजेश मिश्रको सम्पर्कमा सकेको भारतबाट हतियार र सेना समेत झिकाएर माओवादीलाई समाप्त गर्ने धुनमा लागेका थिए । यो उनिहरुको हर्कत प्रति राजा विरेन्द्र सहमत भएनन । यसैको परिणत बनेर तत्कालिन नेपाली कांग्रेश, र एमाले समेत मिलेर दर्बारका सुरक्षा प्रमुख समेतको षढयन्त्रपूर्ण गठवन्धनको परिणतीले वि.सं. वि.सं २०५८ साल जेष्ठ १९ गतेको रातिनै विरेन्द्र र उनका परिवार सबै समाप्त गरेका हुन । यो घटनाको समाचार राती १ बजे भाई गणेश पोखरेलले फोनबाट जानकारी दिदा म र परिवार सबै स्तब्ध भएका थियौँ । अबको देशको अवस्थाको चिन्ताले बेचैन बनायो । भारतीय च्यानल जी न्यूज एकोहोरो भनिरहेको थियो अगले राजा ज्ञानेन्द्र होगे । यस्तो नमिठो र त्राशदिपूर्ण अवस्था हामीले भोग्नु परेको हो ।

यो घटनाको १० दिन पहिले अथवा जेष्ट ९ गते विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कोरियन साँस्कृतिक कार्यक्रम भैरहेको थियो । त्यो कार्यक्रममा युवराज दिपेन्द्र प्रमुख अतिथि थिए । त्यस अवस्थामा म पनि उनकै पछाडीको सोफामा बसेको थिए । त्यतिखेर उनको सामाजिक घुलन र सरलताले मलाई निकै प्रभावित पारेको थियो । सबै संग हात मिलाउने, सन्चो विसन्चो सोध्ने जस्तो व्यवहारबाट मैले पनि यो देश निर्माणमा केही योगदान गर्छु भन्ने सोचाई राखेकोले यिनीसंग भेटेर कुरा गर्नु पर्छ भन्ने सोच बन्यो । अर्वन माईग्रेशनमा विद्यावारिधि गरिरहेका युवा राजा साच्चै यो देश निर्माणको दर्विलो खम्बा बन्न सक्ने सपना मैले देखेको थिएँ । तर त्यो सपना जेष्ठ १९ गते आएर सकिए पनि मैले आफ्नो सोच अनुसार केही काम गरिरहेको छु । यतिमात्र कहा हो र राजकुमार निराजन हामीले खोलेको एउटा प्राईभेट कलेजमा पढ्थे । राजकुमारी श्रुती साच्चै की असाधारण प्रतिभा पद्म कन्या कलेजमा खद्दरको साडी लगाएर सहपाठीसंग हातेमालो गर्थिन । वास्तवमा त्यो परिवार साच्चै आदर्शपूर्ण थियो । यो परिवारको विनास यो देशकोसदासर्वदाको लागि गम्भिर नोक्सान भैरहेको छ ।
राजा विरेन्द्र भएको भए माओवादी र दर्वारको मेल हुने थियो भन्ने लाग्छ । यदि त्यस्तो भए यो देशको अवस्था अझ चहकिलो हुने थियो । वर्तमा प्रधानमन्त्रि प्रचण्ड पनि यो हत्या प्रति संवेदनशील छन । भनिरहेका छन यो हत्याको छानविन गर्नुपर्छ । मलाई पनि यो नेपालको मात्र होईन विश्वकै लागि गम्भिर घटना हो । यसको छानविन होस । जो जो यसमा दोषीछन कारवाही होस भन्ने माग सबैको मनको कुरा अहिले मैले यो लेख मार्फत सबैका सामू प्रस्तुत गरिरहेको छु ।

अन्तमा राजा विरेन्द्र र उनका परिवार र नाताहरु जे जतिको जीवन लिला समाप्त भयो वहाहरु सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । पत्याउनै पर्ने अपत्यारिलो दरवार हत्या काण्को चाडै छानवीन होस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु