आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

असल र खराब छुवाई सम्बन्धी ५ दिने तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १५ गते, शुक्रबार २१:०२

शर्मिला विश्वकर्मा-

” प्रतिकार र प्रतिरक्षा, हिंसा विरुद्ध हाम्रो अभियान ” भन्ने नारा सहित डाउन सिण्ड्रोम अवस्थाका छोरीहरू सुरक्षित रहुन्, आफ्नो शरीरका अङ्गहरूको विषयमा जानकारी पाउन सकुन् र सुरक्षित रहन जानु भन्ने उद्देश्यले डाउन सिण्ड्रोम अवस्थाका बालिका र उनीहरूका आमाहरू तथा शिक्षिकाहरूलाई असल र खराब छुवाई सम्बन्धी सञ्चालन गरिएको ५ दिने तालिम हिजो १४ गते सम्पन्न भएको छ ।

डाउन सिण्ड्रोम समाज नेपालले टेवा नामक संस्थाको सहकार्यमा काठमाडौँमा लैङ्गिक हिंसा विरुद्ध क्षमता अभिवृदिकरण अन्तर्गत असल र खराब छुवाइका विषयमा यही असार १० गते देखि १४ गते सम्म ५ दिने तालिम प्रदान गरिएको थियो ।

सो तालिममा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले सहजीकरणको भूमिका निर्वाह गर्दै यस्ता बालबालिकाहरूलाई आफ्नो शरीरको अङ्गहरूको विषयमा जानकारी गराउनुका साथै कहाँ छुन हुने र कहाँ छुन नहुने भनेर सिकाउनु पर्ने, अभिभावकहरूले उनीहरूलाई यस्ता सिकाइहरू दोहोराई तेहराई प्रयोगात्मक अभ्यास गराउनु पर्ने भन्दै सीमा निर्धारणका विषयमा पनि जानकारी गराउनु भयो ।

यस ५ दिने तालिममा डा. सशक्त थापाले भावनात्मक विकासका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यस प्रस्तुतीकरणमा भावनात्मक अनुभूति, बौद्धिक विकास, सामाजिक अन्तरक्रिया, शरीरमा हुने विभिन्न हर्मोनहरु र तीनका असरहरूका बारेमा प्रस्ट जानकारी गराउनु भएको थियो ।

त्यसै गरी सरस्वती सामाजिक समाज कार्यका अध्यक्ष तिलक बटालाले स्व-वकालत सीप तथा क्षमता विकासका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त ५ दिने असल र खराब छुवाई सम्बन्धी तालिमको सहजीकरण आयोजक संस्था डाउन सिण्ड्रोम समाजकी अध्यक्ष शिला थापाले गर्नु भयो भने तालिम समापनका क्रममा उहाँले डाउन सिण्ड्रोम अवस्थाका बालबालिकामा सिकाई क्षमता ढिलाइ हुने र के कुरा राम्रो वा नराम्रो भन्ने छुट्टाउन कठिन हुने हुँदा उनीहरू असुरक्षित हुने सम्भावना धेरै हुने भन्दै यी अवस्थाका
बालबालिकाहरू आफ्नो शरीरको सुरक्षा आफै गर्न सकुन् भनेर यस तालिम प्रदान गरिएको बताउनु भयो । यसै तालिमका क्रममा उहाँले अभिभावक तथा शिक्षिकाहरूले पनि यस तालिममा सिकेका सीपहरूलाई उपयोग गर्नु पर्ने, यस्ता अवस्थाका बालबालिकाहरूलाई निरन्तर रूपमा सिकाइ रहन पनि आग्रह गर्नु भयो । उहाँले अबको ३ महिना पछि यसै विषयमा पुनर्ताजकी तालिम गरी यस तालिममा सहभागी भएका १० जना डाउन सिण्ड्रोम अवस्थाका बालिकाहरू मध्ये ३ जनालाई स्व-वकालतकर्ताको रूपमा लिएर उनीहरूलाई तालिम सहयोगीका रूपमा परिचालन गर्ने भन्दै आगामी दिनमा खराब र असल छुवाइका विषयमा पाठ्यक्रम नै तयार गरेर यस तालिमलाई निरन्तरता दिने बताउनु भयो ।

टेवा नामक संस्थाको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको असल र खराब छुवाई सम्बन्धीको उक्त ५ दिने तालिमको समापनका क्रममा समाज कल्याण परिषद्का नायब सुब्बा सुनिल चन्दले डाउन सिण्ड्रोम अवस्थाका छोरीहरूका लागि प्रदान गरिएको यो तालिम ज्यादै प्रभावकारी रहेको भन्दै आगामी दिनमा यस्ता बालबालिकाहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न डाउन सिण्ड्रोम समाज नेपाललाई आवश्यक सहयोगको लागि पहल गर्ने बताउनु भयो ।

त्यसै गरी काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा सदस्य बाबुकाजी महर्जनले डाउन सिण्ड्रोम समाज नेपाल र डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूका लागि यस्तै उपयोगी कार्यक्रमहरू सञ्चालन गर्नका लागि वडा र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग जुटाउन सक्दो प्रयास गर्ने बताउनु भयो ।

सो तालिममा सहभागी चितवनबाट सहभागी हुनु भएको अभिभावक अनिता भट्टराइले यो तालिम ज्यादै प्रभावकारी रहेको र आगामी दिनमा आफ्नो ठाँउमा पनि यस्तो तालिमको आयोजना गरी डाउन सिण्ड्रोम अवस्थाका व्यक्तिहरू र अभिभावकहरूलाई सिकाउने प्रतिवदता व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनु भयो ।

त्यसै गरी काठमाडौँ निवासी अभिभावक कविता थापाले यस तालिमबाट डाउन सिण्ड्रोम अवस्थाका छोरीहरूलाई के कुरा असल के कुरा खराब भन्ने कुरा सिक्न र सिकाउन पाएकोमा आयोजकलाई धन्यवाद दिँदै यहाँ सिकेको सीपको उपयोग गर्ने बताउनु भयो ।

सो ५ दिने तालिममा बाल्यकालकाको अवस्था देखि वयस्क अवस्था सम्मको भावनात्मक विकासका चरणहरू, व्यक्तिगत सीमाको परिचय र पहिचान, सुरक्षित घेरा पहिचान, असल र खराब छुवाई, स्व-वकालत सीप तथा क्षमता विकास लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
यही असार १० गते देखि १४ गते सम्म ५ दिन काठमाडौँको डाउन सिण्ड्रोम समाज नेपालको कार्यकक्षमा सञ्चालन भएको लैङ्गिक हिंसा विरुद्ध क्षमता अभिवृदिकरण असर र खराब छुवाई सम्बन्धी तालिममा काठमाडौँ, ललितपुर, काभ्रे, चितवन, कास्की र धादिङका जिल्लाका १० जना डाउन सिण्ड्रोम अवस्थाका छोरीहरू, उनीहरूका आमा र शिक्षिका गरी २० जनाको सहभागिता रहेको थियो भने तालिम पश्चात् सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु