दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विद्युत नियमन आयोगको आयोजनामा माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत आयोजनाको विद्युत दर निर्धारण सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १८ गते, सोमबार १९:१४

काठमाडौं ।अप्पर मस्र्याङ्दी हाईड्रोपावर प्रा.लि. द्वारा प्रबद्र्घित माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत आयोजना विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । १०२ मेगावाटबाट उत्पादन हुने सो आयोजना बारे नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । काठमाण्डौ सानो गौचरण स्थित विद्युत विकास विभागको सभाहलमा सोमबार आयोजित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, जनप्रतिनिधि, तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

सरोकारवालाबाट राय सुझाव एवम् सल्लाह संकलन गर्ने उदेश्यका साथ विद्युत नियमन आयोगद्वारा आयोजित सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले सार्वजनिक सुनुवाईका क्रममा विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव दिनुहुँदै सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्ने जानकारी दिनुभएको थियो ।

सो अवसरमा आयोगकी सदस्य भागिरथि ज्ञवालीले सार्वजनिक सुनुवाई सम्बन्धी आचार संहिताको बिषयबारे प्रकाश पार्नुभएको थियो ।

आयोगका सदस्य गौतम डङोलले आयोजना पाँच बर्षमा सम्पन्न हुने गरि काम गर्न सुझाव दिनुहुँदै बढी भन्दा बढी स्थानियलाई रोजगारीको अवसर दिन समेत आग्रह गर्नुभयो ।

त्यसैगरि, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारीले माथिल्लो आयोजनाबाट तल्लो भेगमा संचालन हुने आयोजनालाई प्रभाव नपर्ने गरि विद्युत प्राधिकरणले सुनुस्चित गर्ने बताउनुहुँदै ठुला आयोजनाले देश विकासमा ठुलो टेवा पुग्ने धारणा समेत राख्नुभयो ।

सो क्रममा प्रबद्र्धक कंपनीका तर्फबाट उपाध्यक्ष आनन्द चौधरीले २२ करोड १३ करोड सिसिके पावर कम्पनीको शतप्रतिशत लगानीमा आयोजना निर्माण हुने जानकारी दिनु
हुँदै एफडीआई स्वीकृत भैसकेको, १३८ मेगावाट उत्पादन गर्ने भनिएकोमा झारेर १०२ मेगावाट लक्षित गरिएको जानकारी दिनुभयो । साथै उहाँले लम्जुङ जिल्ला स्थित मर्स्याङदी गाउँपालिकामा निर्माण हुने उक्त आयोजना निर्माणमा नियमित १५०० जनशक्ती प्रयोग हुने र ६० प्रतिशत स्थानिय समावेश गर्ने योजना बारे जानकारी दिनुहुँदै २०० भन्दा बढीको उपस्थितीमा पावर हाउस क्षेत्रमा सार्वजनिक सुनुवाइ भएको जानकारी दिनुभयो ।

३२ अर्ब लागत हुने आयोजनाको पावर हाउस बाहुन डाडामा रहने छ । आयोजनाको प्रति युनिट विद्युत खरिद दर पिक आवरमा ८.४० र सुख्खायाममा ४.८० रुपैया रहने प्रस्ताव गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु