बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

महिला लघुवित्त वित्तीय संस्थाको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २५ गते, सोमबार ०५:४०

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो ।
विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरुको निशुल्क दन्त जाँच गरिएको थियो । शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् ।
गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रका उपाध्यक्ष उमा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
शिविरमा दन्त चिकित्सक डा.विजिता गौतम नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो ।
शिविरको अवसरमा सोही विध्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई खेलकुद र अध्ययन सामाग्री समेत वितरण गरेको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु