असार – २९, हाँडिगाउँ स्थित सेन्ट जर्ज स्कुलमा विभिन्न कार्यक्रम गरि २१० औं भानुजन्मजयन्ती मनाइयो । उपस्थित विद्यार्थीहरुले भानुभक्तको तस्बिरमा फूल चढाई भानुभक्तको श्लोक सुनाइ भानुभक्तको बारे चर्चा गरि, विद्यालय हाता भित्र बृक्षारोपण एवं सरसफाइ गरिएको थियो ।
सोहि क्रममा विद्यालयका प्र.अ. मेघराज बजगाईंले विद्यार्थीहरुलाई भानुभक्त सम्बन्धि विविध जानकारी गराएका थिए । जीवनमा भानुभक्त जस्तै सधैं अमर हुने खालका काम गर्न विद्यार्थीहरुलाई अनुरोध गरे । एउटा सामान्य घाँसीको प्रेरणाका कारण आजसम्मभानुभक्तको चर्चा छ । त्यसैले ज्ञान लिन हामीले कसैसँग कहिल्यै पनि कन्जुस्याइँ गर्नु हुन्न भन्ने कुरा बताउँदै विद्यार्थीहरुलाई थप जानकारी गराए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले
२५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सिमीत गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपाली भाषामा काव्यात्मक गति प्रदान गर्ने अत्यन्त कठिन काम गरेर भानुभक्तले सबै नेपालीलाई ठूलो गुण लगाएका छन्। भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर वि.स. १९१०, भक्तमाला वि.सं. (१९१०), वधूशिक्षा (वि.सं.१९१९) लगायतका कृतिहरु लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकालयमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् । त्यसकारण भानुभक्त सँगै मोतीराम भट्टलाई हामीले उत्तिकै सम्मान गर्नुपर्छ भन्ने कुरा गरे ।
भानुभक्तको कविता :
भर जन्म घाँसतिर मनदिई धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो,
घाँसी दरिद्रिघरको तर वुद्धि कस्तो
म भानुभक्त धनि भै कन आज यस्तो ।