शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

कान्साको जलवायु सम्बन्धी रणनितिमा अपाङ्गताको सवाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २ गते, मंगलवार ०४:३९

भूमिकला पौडेल-
क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को राष्ट्रिय रणनीतिमा अपाङ्गता सवाललाई समावेश गर्नु पर्नेमा सरोकारवाला निकायहरूले जोड दिएका छन् । कान्सा तथा अपाङ्गता सम्बन्धी काम गर्ने कान्साको एक मात्र सदस्य संस्था सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपालमा जलवायु सम्बन्धी कार्यमा अपाङ्गता समावेशिकरण विषयक एक संवाद कार्यक्रममा सो विषयमा छलफल गरिएको हो । नेपालमा जलवायुका कारण पर्ने असरहरूबाट सबैभन्दा वढि अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने हुँदा कान्साको राष्ट्रिय रणनीतिमा अपाङ्गता सवाललाई समावेश गर्नु एकदमै आवश्यक देखिएकोले यसै विषयलाई मध्यनजर गर्दै सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालकोे विशेष पहलमा सो संवाद राखिएको हो ।


कान्साको राष्ट्रिय तदर्थ समितिको सन् २०२३ देखि २०२५ सम्मको तीन वर्षे राष्ट्रिय रणनीतिमा समावेशिताको दृष्टिकोण बारे संवाद कार्यक्रममा एक प्रश्तुतीकरण गर्नु हुँदै कान्साको राष्ट्रिय तदर्थ समितिका प्रमुख तथा प्रज्ञा सिड्स नेपालका अध्यक्ष प्रणय श्रेष्ठले यो तीन वर्षभित्रमा कान्साले आफ्ना सदस्य संस्थाहरू मार्फत जलवायु सम्बन्धी विषयमा के कसरी काम गर्न सक्छ र त्यसभित्र अपाङ्गता सवाललाई समावेशिकरण के कसरी गर्न सकिन्छ भन्ने बारे स्पष्ट पार्नुभयो ।
संवादमा सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालका राष्ट्रिय निर्देशक सुरज सिग्देलले जलवायु सम्बन्धी कार्यमा अपाङ्गता समावेशिकरण किन गर्नु पर्छ त भन्ने विषयमा प्रश्तुतीकरण दिनुहुँदै अपाङ्गता सवाल एक समावेशिकरणको विषय भएको र अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा वढि जोखिममा हुने हुनाले जलवायुको कुरा गर्दा उनीहरूलाई सबैभन्दा पहिला समेटिनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले लगभग सबै जिल्लामा महासंघको उपस्थिती रहेकोले अपाङ्गता सवाललाई समावेश गर्नुपर्ने संदर्भमा कुरा गरिरहँदा कान्साले महासंघलाई पनि सदस्य संस्थाका रूपमा समावेश गरेमा कान्सालाई अपाङ्गता सवालमा काम गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।
संवाद कार्यक्रममा उठेका प्रश्नहरूलाई संवोधन गर्दै कान्साको मुख्य कार्यसमिति सदस्य प्रविणमान सिंहले अपाङ्गता सवाल एक समावेशिकरणको विषय भएकोले नै कान्साले अपाङ्गता सवाललाई उठाउन र यससम्बन्धी विषयमा काम गर्न चाहेको बताउँनु भयो ।
संवाद कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधीहरूले नेपालको संदर्भमा जलवायुका कारण धेरै अपाङ्गता भएका व्यक्तिहरू तथा तिनका परिवार कुनै न कुनै माध्यमबाट प्रभावित हुने गरेकोले यस सवाललाई प्राथमिकताका साथ समावेश गरेर काम गर्न सुझाव दिनुभयो ।
त्यसैगरी उपस्थित जलवायु तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा वढि जोखिममा रहेको कुरालाई मनन् गर्दै अबका दिनमा अपाङ्गताको सवाललाई आफ्नो कार्यक्रमहरूमा समावेशिकरण गर्दै लैजाने विषयमा ऐक्यवद्धता प्रकट गर्नुभयो ।
दक्षिण एशियाका आठवटा राष्ट्रहरूका तीन सय भन्दा बढी नागरिक समाजका संघसंस्थाको सदस्यता रहेको कान्सा जलवायुसम्बन्धी काम गर्ने एक ठूलो सञ्जाल हो र यसको राष्ट्रिय तदर्थ समिति नेपालमा जलवायुसम्बन्धी काम गर्ने विज्ञहरूको अगुवाइमा सन् २०१० मा कान्साको स्थापना भएको हो । त्यसैगरी सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपाल अपाङ्गताको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था हो र यसले विगत चालिस वर्षदेखि नेपालमा अपाङ्गताको सवाललाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै संदर्भमा आयोजित यस संवाद कार्यक्रमलाई सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालका प्रतिनिधी दिनेश प्रसाद बरालले सहजिकरण गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु