शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

एनआरएननएमा कुनै विवाद छैन : सचिव, गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ७ गते, आईतवार १५:५७

हङकङ। गैरआवसीय नेपाली संघ (एनआरएनए) की महिला सचिव राधिका गुरुङ (टीका) ले संघभित्र कुनै विवाद नरहेको बताएकी छिन्।

एनआरएनए हङकङको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै सचिव गुरुङले अहिले संघ विवादमुक्त भइसकेको दावी गरेकी हुन्।

‘अहिले आइसीसीमा कुनै विवाद छैन। कुनै समस्या रहेको नसोंच्नु होला,’ उनले भनिन्, ‘असन्तुष्ट पक्षसँग पनि वार्ता भइरहेको छ। सहमतिको अन्तिम बिन्दुमा आइपुगेका छौँ।’

अक्टोबरमा एकताको महाधिवेशन हुने उनको भनाइ छ।

विगतका तिक्ततालाई बिर्सिएर संघलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्न उनले जोड दिइन्।

एनआरएनए लाखौं प्रवासी नेपालीको साझा संस्था रहेको बताउँदै उनले भनिन्, ‘८० लाख नेपालीलाई दुःखका बेला साथ दिने एकमात्र संस्था हो। देशलाई आपत्त पर्दा हातेमालो गर्ने संस्था पनि यही एनआरएनए हो।’

आइतबार सम्पन्न महाधिवेशनले गोकर्ण ढकाललाई अध्यक्षमा निरन्तरता दिँदै सिंगो कार्यसमिति निर्विरोध चयन गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु