बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नेपाली फुडगुरू बस्नेतको ” द टेस्ट अफ हिमालयन” पुस्तक बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ७ गते, आईतवार १६:०५

काठमाडौ । मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियान अन्तर्गत तयार पारिएको पाककला सम्बन्धी (कुकबुक) “द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा आएको छ।

नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता फुडगुरू सुरेश चन्द्र बस्नेतले परम्परागत नेपाली संस्कृतिमा आधारित रहेका नेपाली खानाहरु बनाउने तरिकाहरू ” द टेस्ट अफ हिमालयन”मा समेटिएका छन् ।

नेपाली खानाको ब्राण्ड पस्किन अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई नेपाल भित्रै पनि नेपाली खानाको प्रवद्र्धन गर्नका नेपाली परिकारहरूको स्वाद सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराईं, पहाड र हिमाली क्षेत्रका घरमै प्रयोग हुने मसलाबाट परिकारहरु बनाउने तरिकालाई बस्नेतले पुस्तकमा समावेश गर्नु भएको छ ।

लेखक बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालको अध्यक्ष हुनुहुन्छ र बिगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत् दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकाश र विस्तारमा हुनुहुन्छ ।

गुणस्तरीय खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान,रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रचार प्रसार गरि नेपाललाई विश्व बजार सामु चिनाउन र ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको उच्च योगदानको रहदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु