दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

कम्बोडियामा चीनको बीआरई परियोजना, तेस्रो चक्रपथको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १९ गते, शुक्रबार १२:३१

कम्बोडियाको नोमपेन्हमा बिहीवार तेस्रो चक्रपथको उद्घाटन भएको छ ।
चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकको सहुलियत ऋणमा निर्माण गरिएको चक्रपथ राजधानी नोमपेन्हको केही भागलाई घेरेर बनाइएको हो । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेन र कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेन्टियनले कान्डल प्रान्तको केन स्वे जिल्लामा चक्रपथको उद्घाटन गर्नुभएको थियो । सांघाई कन्स्ट्रक्शन ग्रुपले ५२ महिनाको अवधिमा दुईवटा नदी पुल र दुईवटा फ्लाईओभरसहित ५३ किलोमिटर सडक निर्माण गरेको हो ।
प्रत्येक दिशामा ट्राफिकका लागि दुई लेनको साथ तेस्रो चक्रपथ दक्षिणपश्चिम नोम पेन्हको विन–विन बुलेभार्ड राउण्ड अबाउटबाट राजधानीको पूर्वमा कान्डल प्रान्तको राष्ट्रिय सडकसम्म फैलिएको छ । हुन सेनले यो सडक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को रूपरेखा अन्तर्गत कम्बोडिया र चीन र साझा भविष्यका समुदायबीचको फलदायी सहयोगको अर्को प्रमाण भएको बताउनुभएको छ । कम्बोडियाको ठूला भौतिक संरचनाको विकास निर्माणमा चीनले ठूलो धनराशी खर्च गरिरहेको छ । हालैका वर्षहरूमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले गति लिइरहेको छ र दक्षिणपूर्वी एशियाली क्षेत्रका केही आसियान देशहरूले यसमा सहभागी हुन चासो देखाएका छन् । बीआरआई एशिया, युरोप, अफ्रिका र बाहिरका देशहरूमा कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धि गर्न चीनद्वारा शुरु गरिएको विशाल पूर्वाधार र विकास परियोजना हो । यसले यातायात सञ्जाल, व्यापार मार्ग, ऊर्जा पूर्वाधार, अन्य परियोजनाहरूमा सुधार गर्ने लक्ष्य राखेको छ । ऋणको दिगोपन, पारदर्शिता र भूराजनीतिक प्रभावहरूको बारेमा भइरहेको आलोचनाको बावजुद, धेरै आशियान राष्ट्रहरूले बीआरआईलाई विकास र आर्थिक वृद्धिको अवसरको रूपमा हेर्ने गरेको पाइन्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार परेको सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु