शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूका सवालमा अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३० गते, मंगलवार ०६:१५

शर्मिला विश्वकर्मा, काठमाडौँ

अपाङ्गता सबै जात, वर्ग तथा समुदायमा हुने गर्दछ । त्यसेले हामी सबैले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संशोधन गर्दै उनीहरूको हक हित र अधिकार स्थापित गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई सबैको साझा सवालका रूपमा समावेश गर्नु पर्ने देखिन्छ । यसै सन्दर्भमा आज साउन २९ गते सोमबारका दिन नेपाल आदिवासी जनजाति संघ ( निडा ) ले Asia indigenous peoples Pact (APIPP) / Ford Foundation को सहकार्यमा राजधानीमा आदिवासी जनजाति अपाङ्गता भएका महिला, युवा र व्यक्तिहरूका सवाल तथा सञ्चार विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्योe ।

सो अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था नेपाल आदिवासी जनजाति अपाङ्ग संघका परियोजना संयोजक हरिचन छन्त्यालले अन्य व्यक्तिहरूको तुलनामा आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरू पछाडि परेको, राज्य तथा सरोकारवाला निकायहरूमा उनीहरूका सवालहरू पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूले पनि मर्यादित जीवन बाँच्न पाउनु पर्ने बताउनु भयो ।

त्यसै गरी मानव अधिकार अभियन्ता तथा अभिभावक प्रनिका केयुले अपाङ्गता भएका आदिवासी जनजाति, राज्य व्यवस्थापन र नागरिक समाजको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले राज्य आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्कको खोजी गर्नु पर्ने, दिगो विकासका लक्ष्यहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संशोधन हुने गरी समावेश गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

यस अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका अध्यक्ष टेकबहादुर गुरुङले विभिन्न निकायहरूले आफ्नो अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्रयोग गरेको र अन्य प्रकारका अपाङ्गता तथा आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न खासै चासो देखाएको बताउनु भयो । । यसका लागि सबै आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरू एक जुट भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले समाजमा दृष्टिविहीन अपाङ्गताको अवस्थाको विषयमा जनचेतना नै नभएको, उनीहरू शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरूबाट वञ्चित रहेको र सरोकारवाला निकायहरूले उनीहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि लगानी नगरेको बताउनु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई पैसासँग तुलना गर्न नहुने र सबै निकायहरूका कार्यक्रमहरूमा उनीहरूका सवालहरूलाई पनि प्राथमिकताका साथ संशोधन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस कार्यक्रममा इण्डिजिनियस टेलिभिजनका कार्यक्रम निर्माता कुमार यात्रुले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिले उनीहरूको सूचना तथा सञ्चारमा पहुँच हुनु पर्ने लगायतका अधिकारको व्यवस्था गरेको भएता पनि पूर्ण रूपमा अन्य अपाङ्गता भएका व्यक्ति र आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई सञ्चार माध्यमहरूले समावेश गर्न नसकेको बताउँदै सञ्चार माध्यमहरूमा उनीहरूको पहुँच पुर्यााउनका लागि सबै एक जुट भएर लाग्नु पर्ने र अपाङ्गता भएका व्यक्तिहरू तथा सञ्चार माध्यम र सञ्चारकर्मीका बिचमा समन्वय हुन जरुरी रहेको बताउनु भयो ।

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ ( निडा ) ले राजधानीमा आयोजना गरेको आदिवासी जनजाति अपाङ्गता भएका महिला, युवा र व्यक्तिहरूका सवाल तथा सञ्चारका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी शर्मिला विश्वकर्माले विभिन्न जातजाति, वर्ग तथा समुदाय भित्र रहने अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरू मार्फत प्रचार प्रसार गर्न, जनचेतना जगाउनका लागि सञ्चार माध्यमहरू र सञ्चारकर्मीहरूसँग सहकार्य गर्नुका साथै राज्यले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा जनचेतनाका जगाउनका लागि लगानी प्रदान गरेका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले प्रकाशन तथा प्रसारण गरिने कार्यक्रमहरूमा अपाङ्गताका सवालहरूलाई समावेश गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका सबै व्यक्तिहरूका सवालहरूलाई सरोकारवाला निकायहरूले सुनिश्चित गर्नका लागि अपाङ्गता अभियानको आन्दोलनलाई भागबन्डा गर्न नहुने, सहयोगी आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले सहयोगी सेवा उपलब्ध गराउन सबै अधिकारकर्मीहरूले पहल गर्नु पर्ने बताउनु भयो । त्यसै गरी उहाँले अपाङ्गता अधिकार ऐन २०७४ लाई संशोधन गर्न लागिएको भन्ने कुरा सुन्नमा आएको र उक्त ऐन एक दुई वटा संस्थाको उपस्थितिमा मात्रै नभएर सबै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता र सल्लाह सुझावका आधारमा संशोधन गरिनु पर्ने कुरामा जोड दिनु भयो ।
यस कार्यक्रममा आयोजक संस्था नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (निडा ) का अध्यक्ष खड्ग बहादुर सारू मगरले आदिवासी जनजाति अपाङ्गता भित्र पनि पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूको अवस्था ज्यादै कठिन रहेकोले यस विषयमा राज्यको ध्यान केन्द्रित हुन नसकेको बताउनु भयो । त्यसै गरी उहाँले आफू आबद्ध यस आदिवासी जनजाति अपाङ्ग संघ ( निडा ) ले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू सुनिश्चित गर्नका लागि विभिन्न कामहरू गर्दै आएको र आगामी दिनमा पनि सक्दो पहल गर्ने बताउनु भयो । यसै क्रममा उहाँले सन् २०२४ मा संयुक्त राष्ट्रसंघमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू समावेश गरी रिपोर्ट बुझाउने सन्दर्भमा सरोकारवाला निकायहरूसँग रिपोर्ट लेखन कार्यको गृहकार्य भइरहेको र यसमा आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूका अति आवश्यक सवालहरू समावेश गरी बुझाउने तयारी गरेको पनि बताउनु भयो ।

सो कार्यक्रममा आदिवासी जनजाति समुदायको हक हित र अधिकारको लागि काम गर्ने संघ संस्थाहरूले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चित गर्न सक्दो सहयोग गर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु