बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता ग¥यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ३१ गते, बुधबार १७:३९

इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको लागि ५ वर्षको सम्झौता गरेको हो । दुई देशको सम्बन्ध र विकास प्रवद्र्धन एवं खाद्य सुरक्षा प्रवद्र्धनमा सम्झौताले सहयोग पुग्ने बताइएको छ । इजिप्टमा पाँच महिनाको खपतका लागि पर्याप्त गहुँको भण्डार रहेको र खाद्य सुरक्षा कायम गर्न राज्यको प्रयास र स्थानीय बजारको आवश्यकतालाई यसले पूरा गर्ने विश्वास छ । हस्ताक्षर समारोहमा इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले इजिप्टले सामाजिक र आर्थिक विकास गर्न, नागरिकको जनजीविका सहज बनाउन, जनताको जीवनस्तरमा सुधार गर्नका साथै मुद्रास्फितिको प्रभावलाई कम गर्न एडीएफडीसँग थप सहयोगको हात अघि बढाएको बताउनु भयो । विश्वकै ठूलो गहुँ आयातकर्ता इजिप्ट रुस—युक्रेन युद्धका कारण आपूर्ति बन्द हुँदा र मूल्यवृद्धिका कारण चिन्तित छ । इजिप्टमा वार्षिक गहुँको खपत १ करोड ८० लाख टन छ भने त्यसको दुई तिहाई आयात गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु