दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १४ मा भरतपुरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २० गते, बुधबार ०७:१६

भरतपुर, चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १४ मा भरतपुर चितवनमा हुने भएको छ ।
उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लगाएतको रहेको अध्यक्ष समिर केसीले बताए ।
पाँचौ विश्व सम्मेलन तथा साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष केसीले बताए ।
चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि.सं. २०६८ सालमा स्थापना भएको यस संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा धेरै काम गर्दै आइरहेको छ । विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको अध्यक्ष केसी बताउछन । विश्वभरी रहेका रोजगार, अध्ययन, अध्यापन,ब्यावसायमा रहेका चितवनवासीलाई उक्त सम्मेलनमा भाग लिन अध्यक्ष समिर खत्रीले आबहान गरेका छन ।
उक्त कार्यक्रममा चितवनको विकास,बैदेशिक रोजगारका समस्या र समाधान,बिश्वमा रहेका चितवनवासीहरुको एकताको वारेमा चर्चा हुने छ । यो समाज विश्वका दर्जनौ देशमा संचालनमा रहेको छ भने समाजले चितवनेको लागी धेरै उत्कृस्ट काम पनि गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु