अब त अति भाे : साेच्ने बेला आयो युवाहरु जागाैं ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १२ गते, आईतवार २१:३१

नवीन शर्मा ..

स्थानीय सरकारले अझै पनि युवाहरुको विषयमा नीति नियम र कार्यक्रमहरु तर्जुमा गर्न बाँकी रहेको र आधा आकाश ओगटेको युवाहरु ४०.४२ प्रतिशत रहेको जनसंख्यालाई नजर अन्धाज गरि स्थानीय तहहरुमा युवा सहभागिता, ठोस कार्यक्रमहरु तय नभएको पाइरहेका छौं तसर्थ अझै पनि युवाहरु सहभागिता सुनिश्चित गर्दै स्थानीय तहको निति तथा योजना प्रक्रिया र विकास पुर्वधार निर्माणहरुमा समेत सहभागिता गराउँनु पर्ने हुन्छ ।
युवा वर्गहरु सँग छलफल गर्ने, युवाहरुको गुनासो सुन्ने, उनीहरुको सहभागिता सुनिश्चत गर्ने तर्फ ध्यान दिनु पर्ने आवश्यकता रहेको छ ।
चुनाव जिताउँन युवाहरु चाहिने, आन्दोलन बन्द हड्ताल गर्ने नारा बाजी गर्न दबाब श्रृजना गर्न युवाहरुको आवश्यकता पर्ने राजनिति दलहरुलाई र पार्टी नेताहरुलाई ती राजनिति दलका प्रतिनिधिहरु राज्य सत्तामा आसिन भए प्रश्चात युवा नचाहिने यो कस्तो थिति हो आज युवाहरुलाई दुरुप्रयोग गर्न अग्रसर नेता र राजनितिक दलहरुको प्रमुख आधार र मुलधारामा युवा पंक्तिहरुलाई ल्याउँन सकेका छैन । विभिन्न आशा र भविष्य देखेर राजनितिमा आफ्नो दिलो ज्यानको बाजि राखेर होमिएका युवाहरु आज देशको राजनितिक, सामाजिक र आर्थिक अवस्था देखेर विक्षिप्त भएका छन् निराशावादी भएका छन् सबैको रोजाईको क्षेत्र वैदेशिक यात्रा सुनिश्चित भएको पाईन्छ त्यो विभिन्न तथ्य र तथांकले प्रष्ट पारेको पाईन्छ ।
युवा देशको मेरुदण्ड भन्ने नामाकरण गरिएको भएता पनि अझै कुनै प्रक्रियामा युवाहरु मेरुदण्डको रुपमा रहेको पाउँन सकिएको छैन । हरेक कार्यक्रममा भाषण गर्दै सरकारका मन्त्रीहरुले बेरोजगारीपूर्ण अवस्थाको अन्त्य गर्न युवाहरुलाई योग्यता र क्षमता अनुसारको रोजगारको अवसर सृजना गर्नुपर्ने भाषण गर्दछन् । युवाहरुको शिक्षा, स्वास्थ्यजस्ता न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने तथा बेरोजगार युवाहरुलाई निर्वाह भत्ता दिनेसम्मका कुराहरु भाषणमा आउँछन् । अनि सरकारले युवालाई लक्षित गर्दै नीति तथा कार्यक्रमहरु पनि सार्वजनिक गर्दछ तर घोषणा गरिएअनुसार युवालक्षित कार्यक्रमहरु प्रभावकारी रुपमा कहीँकतै कार्यान्वयन भएको पाइँदैन । केवल सरकारले बेरोजगार युवाहरुको सपनामाथि दलाली गर्ने काम गरिरहेको छ । हरेकजसो राजनीतिक मञ्चहरुमा मुलुकको भविष्य निर्माणका लागि युवा शक्तिको परिचालन अपरिहार्य रहेको भाषण गरिन्छ तर ठोस रुपमा युवाहरुलाई परिचालन गर्ने नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु समाज र सरकारले यो वा त्यो बहानामा हरेक वर्ष थप युवाहरुलाई शारीरिक श्रमका लागि विदेशिन उत्प्रेरित गरिरहेको छ । नेपाली श्रम बजारमा हरेक वर्ष झण्डै ५ लाख नयाँ श्रमशक्ति थपिने गरेको तथ्याङ्क छ । तर यसरी वार्षिक रुपमा थपिने श्रमशक्तिले मुलुकभित्रै सङ्गठित रुपमा रोजगारी पाउन सकेका छैनन् । अनि उनीहरुको गन्तव्य त्यही खाडी मुलुक बन्न पुग्छ । त्यही तातो मरुभूमिमा रगत पसिना बगाउनु उनीहरुको दुःखद् दिनचर्या बन्न पुग्छ ।पचास लाख श्रमशक्ति विदेशिएको नेपालजस्तो सानो मुलुकको आर्थिक समृद्धिको सपना कसरी पूरा होला ? निश्चित रुपमा यदि मुलुकको विकास र समृद्धि चाहने हो भने सबैभन्दा पहिले जोस, जाँगर भएको अनि हरेक काममा सक्रियतापूर्वक खट्नसक्ने त्यो युवा शक्तिलाई विदेशिनबाट रोक्नसक्नुपर्छ । उनीहरुलाई रोक्ने एउटै मात्र उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीका अवसरहरुको सिर्जना गर्ने हो । तर अहिलेको विडम्बना हाम्रा गाउँघरमा मेलापातका लागि काम गर्ने मानिसहरु पाइन छाडेको छ । गाउँघरका अधिकांश खेतबारी बाँझा छन् । श्रम शक्तिको अभावले ती बाँझै रहेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु