भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १ सय ५४ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १८ गते, शनिबार १३:३४

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ। घाइतेको संख्या डेढ सय नाघेको छ ।

रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा मात्रै ५२ जनाको मृत्यु भएको उपप्रमुख धनकुमारी शाहीले जानकारी दिईन्। यस्तै, आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ। जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु