भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

“सेन्ट जर्ज स्कुलका बालबालिका खाना पकाउन प्रतियोगितामा सहभागी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ८ गते, शुक्रबार १८:१४

मङ्सिर ८, हाँडिगाउँ स्थित सेन्ट जर्ज स्कुलले “गर र सिक” भन्ने नारालाई सार्थकता दिन विद्यालयमा अन्तर सदन खाना पकाउने प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा चार वटा सदनमा विद्यार्थीहरुले फरक फरक परिकारहरु तयार गरेका थिए । जसमा नेवारी , भेज,नन भेज, ढिँडाे, खिर, विभिन्न दुधका परिकार एवं मासुका परिकार तयार गरेका थिए । विद्यार्थीहरुले दाउरा बालेर खाना बनाएका थिए । प्रतियोगितामा सबै विद्यार्थीहरुले उत्सुकताका साथ भाग लिएका थिए । विद्यालयले विद्यार्थीहरुको चौतर्फी हितका लागि यस्ता फरकफरक खालका विद्यार्थीहरुले दैनिक जिवनमा भोग्नु पर्ने किसिमका कार्यक्रमहरु गरिरहने गरेको कुरा विद्यालयका प्र. अ.मेघराज बजगाईले बताए ।
प्रतियोगितामा तयार गरिएका खाना खाई कार्यक्रममा बोलाइएका अतिथिहरुको राय अनुसार पहिलो दोस्रो र तेस्रो हुने सदनको छनौट गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

प्रतियोगितामा रातो र निलो सदन प्रथम भए भने हरियो र पहेँलो सदन दोस्रो भए । सबै सदनले तयार पारेको खाना उत्तिकै स्वादिष्ट र आकर्षक थिए । बिजयी सदनहरुलाई विद्यालयको विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेल, एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, व्यवसायी राजेश चालिसे र अष्ट्रेलियाबाट नेपाल आएका गणेश घिमिरेको उपस्थिति रहेकोे थियो । यस्ता कार्यक्रमले बालबालिकाको दिमाग फ्रेश हुने अरु कार्य गर्न जाँगर चल्ने हुँदा विद्यालयमा यस्ता फरक खालका कार्यक्रम आयोजना गरिरहनु पर्ने कुरा बताउँदै धेरै पछि आफूलाई अफू विद्यालयमा पढ्दाको याद आएको कुरा अतिथि गणेश घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु