दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

मुटु फाउण्डेशन र मनोज एशोसियशनद्धारा भूकम्पपीडितलाई ३०० थान व्याङ्वेट सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार १९:११

जाजरकोट, १७ मंसीर । मुटु फाउण्डेशन काठमाडौँ र मनोज एशोसियशन फ्रान्सद्धारा जाजरकोटका भूकम्पपीडितलाई ३०० थान व्याङ्वेट सहयोग गरेको छ ।

फाउण्डेशन र एशोसियशनको टोलीले गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका पीडितलाई जाडोको समयमा चिसोबाट जोगाउन सहजता पुगोस् भन्ने उदेश्यले ३०० थान व्याङ्वेट सहयोग गरेको हो ।

फाउण्डेशन र एशोसियशनको टोलीले भूकम्पपीडित जनतालाई जाडो र चिसोबाट जोगाउन व्याङ्वेट र स्वीटरलगायतका सामाग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको रोहवरमा भूकम्पको केन्द्रविन्दू वारेकोट गाउँपालिकास्थित रामीडाँडा, सिल्पाचौर र रोकायागाउँमा वितरण गरेको मुटु फाउण्डेशनका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

सहयोग कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरि, उपाध्यक्ष नरबहादुर गिरि, वडा नं २ का वडाअध्यक्ष वीरबहादुर घर्ती, समाजसेवी, बुद्धिजीवी र स्थानीयबासीको सहभागीता रहेको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह र वडालगायत सहयोगीदातालाई उक्त संस्थाले धन्यवाद समेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु