भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

बिकास थापा मगरको निर्देशनमा “जिन्दगीको उठीबास”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २६ गते, मंगलवार ०६:२१

काठमाडौं । हरेक मानिसका आ–आफ्नै चाहना, ईच्छा,आकंक्षाहरु हुन्छन् । कति पुरा हुन्छन्,कति पुराहुन सक्दैनन् । यस्तै बहु प्रतिभाकाधनि, युवा ब्यवसायी तथा मोडल बिकास थापा मगरले भने आफ्ना चाहना,रहर र ईच्छालाई पुरागर्न निर्देशन तर्फ समेत आफ्ना पाईला अगाडी बढाएका छन् ।

बिभिन्न ठुलो पर्दाका चलचित्र, म्युजिकभिडियो तथा टेलिचलचित्र मार्फत कलाकारीतामा प्रवेश गरेका थापामगरले हाल सालै धनेश्वर फिल्मस्को ब्यानरमा बनेर,धनेश्वर फिल्मस् कै अफिसियल युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको “जिन्दगीको उठीबास” नामक टेलिसिरियल बाट आफ्नो निर्देशनको यात्रालाई अगाडी बढाएका हुन् ।

सामाजिक कथा बस्तुमा रहेर बनाईएको यो टेलिसिरियलमा रमा थपलिया,बिकास थापा मगर,कमल लामा,आशा बिसी,दिपक सुनार,मुस्कान घिमिरे,गोपाल अधिकारी,श्रृजना गजमेर,ईन्द्र मगर,विपुल क्षेत्री लगाएतले अभिनय गरेका छन् ।
रवि केसी को श्रृंगार,राज लामाको कथा,देवेन्द्र कार्कीको छायांकन,बिकास चौधरीको स्वर÷संगीत,रमेश बिसुङ्खेको सम्पादन रहेको यस सिरियलको निर्माता बिकास थापामगर र कमल लामा रहेका छन् भने निर्देशन बिकास थापा मगर आफैले गरेका हुन् ।
प्रेम र मिश्रृत सामाजिक कथामा आधारीत यो सिरियलको मुख्य उदेश्य आम दर्शकलाई मनोरन्जन तथा शिक्षा दिने रहेको निर्माता तथा निर्देशक बिकास थापा मगरले बताएका छन् ।
यहि सिरियल मार्फत नव कलाकारहरुको उत्पादनसमेत हुने थापामगर बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु