दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधुमेह रोगीका लागि ‘डाइवेटिज एजुकेटर’को भूमिका र उपचार विधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ६ गते, शुक्रबार १९:००

ईश्वरी लोहनी बस्नेत
डाइवेटिज एजुकेटर
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौँ

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वास्थ्य परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी विगतका तुलनामा बढीरहेका छन् । हाम्रो शरिरको प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन हर्मनको मात्रामा कमी हुनु वा भएका इन्सुलिन सही मात्रामा उपयोग हुन नसक्नुको कारण भोजनबाट प्राप्त हुने ग्लुकोज उर्जाशक्तिको रुपमा परिवर्तन हुन नसकी रगतमा नै थुप्रिन पुग्छ । रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था नै मधुमेह हो । मानव शरिरमा ग्लुकोज÷सुगर÷चिनीको आवश्यकता हुन्छ । शरिरमा चिनी नहुने हो भने मानिस बाँच्न सक्दैन तर जब शरिरमा चिनीको मात्रा बढ्छ त्यसले शरिरका कोशीकाहरु÷अंगहरु उर्जा नपाई कमजोर हुन पुग्छन् । जसले गर्दा विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ । चिनीको मात्रा बढी भयो भने शरिरमा यसले विभिन्न अंगहरुलाई क्षति पु¥याउन थाल्दछ । मधुमेह भएका मानिसलाई शिक्षा र परामर्श मार्फत मधुमेह रोगीहरुको हेरचाहमा संलग्न स्वास्थ्यकर्मीलाई मधुमेह शिक्षक ‘डाइवेटिज एजुकेटर’ भनिन्छ ।
काठमाडौँको धापासीस्थित सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ‘डाइवेटिज एजुकेटर’ राखेर मधुमेहका बिरामीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । ‘डाइवेटिज एजुकेटर’को काम भनेको मधुमेह रोगीहरुलाई स्वास्थ्य सम्बन्धी सल्लाह, सीप, ज्ञान र प्रशिक्षण प्रदान गर्नु नै हो । मधुमेह नियन्त्रण गर्न जीवनशैलि परिवर्तन गर्न अपरिहार्य छ । मधुमेह शिक्षाले मधुमेह उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । यस शिक्षाले विरामीको ज्ञान, चेतना र सीपहरुको विकास मात्र नभई डाक्टरहरुले भनेबमोजिम अनुशासनमा रहन उपचार प्रक्रियामा साझेदारी ल्याउन, जीवनशैली परिवर्तन गरी गुणस्तरीय जीवन अपनाउन आत्मबल दरिलो बनाई तनाव, चिन्ताबाट मुक्त हुन र बिरामी आँफैले आफ्नो हेरचाह गर्नका लागि आत्म व्यवस्थापन सीपहरु जागरुकता गर्नजस्ता आदी कुराहरु समावेश हुन्छ । ‘डाइवेटिज एजुकेटर’ले विरामी भौतिक, मानसिक, सामाजिक र आर्थिक अवस्था अनुसार उनीहरुको जीवनशैली योजना विकास गर्न विरामीसँग मिलेर काम गर्दछन् । विरामीको जीवनमा भएका समस्या, चुनौतीहरुलाई ध्यानमा राखी त्यसका समाधान खोज्न विरामीको वातावरणीय कारकहरुको प्रभाव कम गर्न रोगको जटिलताहरुबाट बच्न र उनीहरुलाई आफ्नो दैनिक जीवनको सामाजिक भूमिकामा फर्कन मद्दत गर्न सक्छन् । बिरामीलाई ग्लुकोमिटर ईन्सुलिन लिने तरिका, ईन्सुलिन पेन वा सिरिन्ज कसरी प्रयोग गर्ने ? आफ्नो शरिरको तौल कसरी घटाउने उपायहरुसमेत सिकाईन्छ ।
मधुमेह के हो ? कति प्रकारका हुन्छन् ? यसलाई नियन्त्रण र रोकथाम कसरी गर्न सकिन्छ खानाको भूमिका के छ ? व्यायाम कस्ता कस्ता गर्न सकिन्छ ? आफ्नो सुगर आँफैले कसरी परिक्षण गर्न सकिन्छ ? तनाव चिन्तालाई कसरी व्यवस्थापन गरी आफ्नो जीवनमा आउने समस्या समाधान गर्ने भन्ने कुराहरुको समेत जानकारी दिईन्छ । त्यस्तै, सुगर कम हुँदा कस्ताकस्ता लक्षणहरु देखा पर्न सक्छन् ? त्यसलाई कसरी घरमा नै उपचार गर्न सकिन्छ ? भन्ने कुराहरु सिकाइन्छ ।
मधुमेह विरामीलाई खुट्टाको समस्या बढी भएको पाईन्छ । खुट्टामा बढी मात्रामा समस्या देखिन सक्ने भएकाले आफ्नो खुट्टाको दिनहुँ आफैले परिक्षण गरी राम्रोरी खुट्टाको स्याहार सुसार कसरी गर्ने र यसका जटिलताबाट कसरी बच्न सकिन्छ भन्ने उपाय अपनाउनेलगायतका बारेमा ‘डाइवेटिज एजुकेटर’ ले शिक्षा दिने गर्दछन् । जसका कारणले बिरामीले आफ्नो रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु