मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

रंगेली’को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार १३:४९

काठमाडौं ।दयाहाङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को टिजर सार्वजनिक भएको छ । दयाहाङ राईको पात्र विजयलाई बन्दुकधारीले अपहरण गरेको दृश्यबाट टिजर सुरु हुन्छ । एक मिनेट ३७ सेकेण्ड लामो टिजरले फिल्मको केन्द्रीय द्वन्द्वलाई चित्रण गर्छ ।

अर्पण थापा भगवान दादाको भूमिकामा छन् भने मिरुना जुनकिरीको भूमिकामा प्रस्तुत छिन् ।

फागुन २५ गते महाशिवरात्रिको दिनमा प्रदर्शनको तयारीमा रहेको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा र रमेश बुढाथोकी पनि शीर्ष भूमिकामा छन् ।

फिल्मका गीत हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलेस बस्नेतको संगीत छ ।

जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता हुन् । निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईं सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसिएट निर्माता हुन् । छायांकार सुसन प्रजापति हुन् ।

फिल्मलाई अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुक र ठाउँमा एकसाथ रिलिज गर्ने तयारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु