उत्कृष्ट १० मा साहित्यकार बिक्रम भक्त जोशीको चोभार ब्लुज 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार २२:२२

काठमाडौं। साहित्यकार बिक्रम भक्त जोशीको आयामिक कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ। श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा साहित्यकार जोशीको चोभार ब्लुज पर्न सफल भएको हो।

चोभार ब्लुजु साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो । जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन् । चोभार ब्लुजु एउटा निकथासङ्ग्रह हो । जसमा १९ निकथा समाविष्ट छन् । निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ ।

यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो। यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान यसै बर्ष विराटनगरमा आयोजित भव्य कार्यक्रममा प्राप्त गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु