सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

बिक्रमको नेतृत्वमा अखिल क्रान्तिकारी गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार २१:१३

गोर्खा, अमृत खनाल

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थीले संगठन देशभर संगठन विस्तारलाई तीब्रता दिएको छ ।।

सोही क्रममा संगठनले गोर्खाको संगठन निर्माण तथा सुदृढीकरण अभियान अन्तर्गत बुधबार गोर्खाको गोरखा नगरपालिका वार्ड नम्बर १० को तारा माध्यमिक बिधालयमा इकाई कमिटी गठन गरेको छ ।

संगठनले विद्यालयमा अध्ययनरत छात्र बिक्रम बिकको अध्यक्षयतामा ६५ सदस्यीय ईकाइ कमिटी गठन गरेको हो ।

कमिटीको इन्चार्जमा मनिस भुजेल अध्यक्षमा बिक्रम बिक उपाध्यक्षमा विवश कुमाल र लक्की तामाङ , सचिवमा समोना कुमाल , कोषाध्यक्षमा मनिसा कुमाल र सह–सचिव सुजन नेपाली रहेका छन् ।

उक्त कमिटी गठन गर्दा अखिल क्रान्तिकारीको केन्द्रिय उप महासचिव राजन आले मगरको उपस्थितिमा गठन गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेताहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

गाेरखा जिल्लामा अबका दिनमा द्रुत गतीमा इकाई कमिटि गठन गरिने अखिल क्रान्तिकारी जिल्ला सचिवालय तथा स्वतन्त्र बिद्यार्थी युनियन द्रव्य शाह क्याम्पसको सचिव सचिन खनालले जानकारी दिनुभयाे ।

विद्यार्थीहरुमा एककिसिमको जोस र उर्जा त थियो नै कतिले मानिसहरुले बिद्यार्थीहरुलाइ राजनीतिमा लेराएर बिधालयमा राजनीतिक कलह आउने पो हो कि भन्ने पनि देखियो तर हामि र हाम्रो संगठन अखिल क्रान्तिकारीले विद्यार्थीको मर्म बुझेको छ र त्यस्तो अराजक गतिविधि कुनै पनि हुने छैन र हुनदिने पनि छैन । विद्यार्थीको मनोभावनालाइ बुझ्दा उनिहरुको राजनीतिक भबिस्यलाइ उजागर गर्न पनि कमिटी गठन गर्न पर्ने देखियो । अखिल क्रान्तिकारी बिद्यार्थीको हरेक सुख दुखमा साथि बन्ने छ । अखिल क्रान्तिकारीका नेता राजन आले मगरले बनाउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु