नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

चलचित्र ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १२ गते, शुक्रबार ०४:५९

काठमाडौं ।केही अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँन लागेको फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको ट्रेलरमा मलायामा गोर्खालीले लडेको साहसी युद्ध देखाइएको छ । साढे दुई मिनेट लामो ट्रेलरले गोर्खा सैनिकको वीरता बोल्छ ।

मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भुमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ । फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्ममा चित्रण गरिएको छ । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् ।

कार्यक्रममा निर्देशक मिलन चाम्सले नेपाली फिल्मलाई ‘गोर्खा वारिअर’ मार्फत आफूले विश्वमा चिनाउने प्रयास गरेपनि फिल्मकर्मीबाट साथ र सहयोग नपाएको गुनासो गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु