नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपाल पुलीस स्कुल,साँगा फाईनलमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार १६:१५

ललितपुर -कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताकाे सेमि फाईनल खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-0 गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।

जसमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) को तर्फबाट विकास बोहरा-2, तेन्जिङ्ग शेर्पा र रोहित गोलेले १/१ गोल गरेका थिए । त्यसैगरी आज भएको दोस्रो सेमि फाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइवेकरमा ३-2 गोल अन्तरले पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

आज भएको खेलहरुमा क्रमश नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपाल पुलीस स्कुल सँगा, का खेलाडीहरु, विकास बोहरा र दिप्सन परियारलाई Man of the Match घोषित भई विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र सैनिक आवासीय महाविद्यालय सल्लाघारीका प्रिन्सिपल दल प्रसाद पुनले Man of the Match को ट्रफी प्रदान गर्नु भएको थियो ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल खेल फागुन ८ गते खेलाइनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु