जीवन एक क्षण पनि अनमोल हुन्छ। समय गए पछि फर्कदैन। रोकीरहन सकिदैन अनि पाश्चातापले पनि केहि लाग्दैन। अपागंता भएका सहायक सामग्री प्रयोग कर्ताहरुको लागी कति पटक जीवनको अनमोल क्षण यसरी वितेका होलान मुल्य हिन बनेर म संझदै छु।
रुन नसकेका आखाँहरु र भिजेको मन लिएर मौन हुनुको पिडा एकै क्षण पनि डरलाग्दो लाग्छ मलाई।
कुरा आजैको हो। दिउसो १ बजे मिटिंगको लागी हामी समाज कल्याण परिषद पुल्चोक पुगेर स्कुटी पार्किंग गरेर भित्र पस्दै थियौ। मेरो दायाँ खुट्टामा प्रयोग गरेको क्यालीपर भाचीयो। म जहाँको त्यही ठिंग उभिनु बाहेक केहि गर्न सक्ने अवस्था मै रहिन । मन स्तब्ध भयो ओभानो आँखा तर पुरै मन भिज्यो।
यसरी भाचीयो खुट्टा हिड्दा हिड्दै म स्तब्ध बने। तनाव को पनि हद हुन्छ नि। दु:ख केमा मान्ने खुशी केमा हुने थाहै छैन जिन्दगी। तैपनि सबैभन्दा सुखी महसुस गर्छु।
म काठमान्डौ बस्छु शहरमा, जहां नेपालको सबै सुबिधा सम्पन्न छ र पनि बेला बेला सुन्य बन्छु। तिन वर्ष पहिले सर्लाही गएको बेला मेरो क्यालीपर यसै गरी भाचीयो। मलंगवामा रहेको रिह्याव सेन्टरमा गएर रिपेयर गरे र नया क्यालिपर मेजरमेन्ट गरेर आए। केहि समय पछि पुन गएर क्यालिपर लिएर आए। आज त्यहि क्यालिपर भाचीयो। मेरो मिटिंग रोकियो। निर्णय रोकियो र कार्यान्वयन पनि रोकियो। भलै केको मिटिंग थियो धेरैलाई सरोकार नहोला तर मेरो लागी यो ठुलो अवरोध भयो।
म एउटा राष्ट्रीय पार्टीको केन्द्रीय सदस्य, राम्रो प्रतिष्ठित अपागंता भएका व्याक्ति द्वारा संचालित सस्थाको महासचिव, पद र पहुँच दुवै पुगे पनि सहायक सामग्री समयमा सहज नपाउदा आफुलाई निरिह महसुस गर्छु। मेरो अगाडी म संगै आशा गर्ने हजारौ अनुहारहरु छन् म उनिहरुको खुशीमा रमाउने मान्छे आफ्नो निरिह पन देखाउन सक्तिन। यस्तो बेला झर्न नसकेका आशुहरु संग भिजेको मन कति दुख्छ म व्याक्त गर्न पनि सक्तिन।
मेरो क्यालिपर भाचिए पछि निरिह बनेकि म मेरो संस्थाको अध्यक्ष उपाध्यक्ष संग छुट्टिएर भृकुटीमन्डप राष्ट्रीय अपांग कोष तिर मोडिए। करिव तिन किलोमिटर बाटोमा चारचक्के स्कुटर गुडाउदै गर्दा बाटोमा सयौ पटक म टुट्न लागे तर आफुलाई संहाल्ने ज़िम्मेवारी आफैलाई सुम्पिएकी म मुस्कुराउदै भृकुटीमन्डप पुगे। मेरो जीवनमा आत्मसन्तुष्टि मिल्ने ठाउ हो यो जहा १९ वर्ष देखी मेरो नाता जोडीएको छ।अझ भनौ २२ वर्ष अगाडीको नाता छ। निर्धक्क भित्र छिरेर बोल्न हास्न रमाउन र घरीघरी कराउन सक्छु म त्यहा। साईला दाई सबै भन्दा पुरानो मान्छे जसले मेरो पहिलो खुट्टा (क्यालिपर) बनाउनु भएको थियो उहालाई देख्ने बित्तिकै राहत महसूस भयो। त्यसो त कोषका कर्मचारी सबै मेरो परिवार सरह लाग्छ। प्राविधिक सबै मेरा आफन्त जस्तो लाग्छ जहा सुकै काम गर्ने भए पनि।
मैले यो लेखिरहदा उता वर्कसपमा मेरो क्यालिपर रिप्येर हुदै छ। क्यालिपर बनाउदा आएको आवाज संगै मेरो मनको घंटी बजीरहेको छ। नेपाल सरकारको अर्ध स्वामित्वमा रहेको यो शारीरिक पुनस्थापना केन्द्रले म जस्ता हजारौलाई सेवा दिन्छ।जुन अपर्याप्त मात्र होइन असुरक्षित पनि छ। यहाँ काम गर्ने कर्मचारीको जागीर सुनिश्चित छैन, प्राविधिक प्रयाप्त छैनन र सहायक सामग्री वनाउन चाहिने रमेट्रियल प्रयाप्त पाइदैन।प्रयोग कर्ताहरुको आवस्यकता दिनानु दिन बढ्दैछ। सहायक सामग्री आवश्यक नाचजाच पछि प्राविधिकले तयार पारेर उपलब्ध गराउनु जरुरी छ तर पालीकाहरुले छुट्याएको बजेटमा अप्राविध्कबाटै बजारमा किनेर बितरण समेत गरीन्छ।
थुप्रै कुरामा सुधार र सहज बनाउनु छ सहायक सामग्रीलाई जसले प्रयोगकर्तालाई सजिलो मात्र होइन राज्यलाई पनि फाइदा हुनेछ। एउटा व्याक्तिको आत्मनिर्भरता परिवार समाज र राज्य कै लागी ठुलो उपलब्धि हो। राज्यलाई दिने कर, परिवारले पाउने साथ र समाजले पाउने सहयोग एउटा व्याक्तिको जिवनको मुल्य संग जोडेर हेरियो भने यसमा लगानी गर्न राज्य हिचकिचाउने थिएन होला।
मैले यो लेख तयार गरी सक्दा मेरो क्यालिपर पनि तयार भयो। साइला दाई संगै राष्ट्रीय अपांग कोषका स्टाफ भाई बैनीलाई मैले मेरो यो दुई तिन घंटाको पिडा र यसलाई गरेको लिपिबद्ध लेख सुनाएर म सबैलाई धन्यवाद दिए र म पुनः अफिस तिर हिडे। मेरो दैनिकी फेरी सुरु भो। अपागंता अधिकार प्रवर्द्धनमा जीवन भर लागी पर्ने म सरल र सहज महसूस गरेर निर्धक्क हिड्न सक्ने अवस्था त छैन अझ दुरदराजमा कस्तो होला यही कुरा मनमा खेलाउदै त्यहाबाट निस्किए।
देवु पराजुली
सहायक सामग्री प्रयोगकर्ता
२०८०/११/१५ मंगलवार