एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल स्वतन्त्रता पाउनुपर्ने भन्दै पाँच मापदण्ड कायम गर्न माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते, बिहीबार १०:५२

काठमाडौं । एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल स्वतन्त्रता पाउनुपर्ने भन्दै पाँच मापदण्ड कायम गर्न माग गरेको छ । सो संस्थाकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरेकी हुन् ।

कार्यक्रममा उनले अन्तर्राष्ट्रिय स्तरमा पशुपन्क्षी तथा जनावरले स्वतन्त्र ढंगले बाँच्न पाउने पाँच मापदण्ड कायम भएको र नेपालमा पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताएक्ी हुन् । उनले सडकका कुकुरदेखि, भारी बोक्न प्रयोग हुने गधा, खच्चरजस्ता जनावरहरूको विषयमा संस्थाले चासो दिएर काम गर्दैआएकोमा पछिल्लो समय अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका निम्ति अभियान सुरु गरेको बताइन् ।

उनले भनिन, “अण्डा र मासुलाई प्रोटिनको रूपमा हामीले प्रयोग गरिरहेका छौँ । तर कतिपय ठाउँमा ब्याण्ड गरिएका एन्टीबायोटिक कुखुराहरुमा प्रयोगमा आइरहेको छ । यसले मान्छेको स्वास्थ्यलाई कसरी राम्रो गर्छ ? विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार अब जनावरबाट मान्छेमा सर्ने वा आउने रोग अझ बढ्नेवाला छ ।”

साना किसानले कुखुरा पाल्दा हावा, दानापानी, घाम र प्रकृतिको सन्तुलन हुने तर बेटरी केज (पिँजडा) जस्ता व्यावसायिक प्रायोजनका लागि मात्र खोलिएका फार्महरूमा ए–फोर साइजको कागज अट्ने ठाउँमा हलचल गर्नै नमिल्ने गरी अण्डा दिने कुखुरा राख्ने गरेको उनले बताइन् । यो प्राकृतिक नहुने हुँदा पोषणको हिसाबले पनि फाइदाजनक नहुने उनको भनाइ छ ।

उनले नेपालगन्ज, कैलाली, महेन्द्रनगरजस्तो लामो दूरीबाट २४ घण्टाको यात्रामा भैँसीहरू अत्यन्तै निर्मम तवरबाट ल्याइने गरेकोप्रति सम्बन्धित सबैको ध्यान जानुपर्ने बताइन् । पशुपन्क्षीको स्वतन्त्रताको पाँच मापदण्डमा भोक, प्यास र कुपोषण नहुनु, डर, त्रास हुनु भएन, जनावरमा विषाक्त किसिमको केमिकल उत्पन्न हुन भएन, आवश्यक तापक्रम, हावापानी उपलब्ध हुनुपर्छ, घाउ, चोट दिन भएनजस्ता विषय पर्दछन् ।

त्यसैगरी, कार्यक्रम संयोजक अमि कट्टेलले कुखुरालाई यातनापुर्ण ढंगले खोरमा थुनेर नराखी स्वतन्त्र ढंगले बाच्न दिनुपर्ने बताएकी छिन् । उनी भनिन्छन् ‘कुखराहरुले स्वतन्त्र रुपमा घुमेर खेल्न र चर्न पाउनु पर्छ । पशुपन्छीहरु कम्तिमा बाचुन्चेल स्वतन्त्रता पाउनुपर्छ । जनावरहरु बन्धकहरुबाट खुल्ला हुनुपछृ । मासु पसलहरुमा एउटा जनावरले टुलुटुलु हेरेर बस्ने र अर्काे जनावरलाई काट्ने प्रविक्ति अन्त्य हुनुपर्छ । जसको कारण जुन हेर्ने जनावरमा नकरात्मक हर्माेन उत्पादन भई मानसिक शिकारका साथसाथै डरत्रास उत्पन्न हुन्छ ।

जसले जनावर पनि म मर्दै छु भन्ने त्रास उसको मनमा उत्पन्न हुन्छ । त्यस्तै कुखुलाई पनि शीत घाम र तापक्रमबाट वञ्चित गराउनु हुदैन । उनीहरुलाई घाउचोट पिडा दिनुहुदैन । त्यस्तै, कुखुराले आजीवन अण्डा दिउन्जेलसम्म दुःखकष्टका साथ बाच्न बाध्य गराउनु हुदैन । कुखुरा एफो साइज पेपर जत्रो ठाउँमा बस्न बाध्य छन् । कुनै पनि जनावरलाई भोक, प्यास, र कुपोषण हुन हुन दिनुभएन ।

उता अण्डाको मनपरी भाउ बढाइन्छ । कुखुरा व्यवसायीले ने आफुखुसी महिनैपिच्छे मिटिङ बस्दै भाउ बदाउँदै गर्छन् । अण्डाको निश्चित खाने मापदण्ड छैन । २२ दिनभन्दा उता खानु नहुने भनिन्छ । तर सम्बन्धित निकायले निश्चित मापदण्ड तोकेर नियमन गर्न सकेको छैन । त्यस्ताखाले अण्डाले स्वास्थ्यलाई कतिको असर गर्छ ? सुपरमार्केटहरुमा समय नाघेका अण्डाहरु विक्रिवितरणको लागि राखिएको हुन्छ । अन्य मुलुकमा अण्डाको समय तोकिएको हुन्छ ।

तर नेपालमा यसो गरिएको पाइँदैन । मासुपनि फ्जिमा राखेर दुई÷तीनदिनसम्म विक्रिवितरण गरिन्छ । खासगरी ठुलाठुला होटेल रेष्टुरेन्टहरुमा वासीमासु पकाउने गरेको पाइन्छ । त्यसैगरी किराना पसलहरुमा पनि महिनौ अगाडी ल्याएका अण्डाहरु विक्रि गरिरेहको हुन्छन् । अण्डाको डेट नराखिएपछि उपभोक्ताले किनेर लान्छन् जब खानेबेलामा फुटाउँदा गन्हायो या बिग्रको देखेपछि फ्याक्ने चलन छ । अण्डालाई लेभलिङ पनि गर्नुपर्छ ।

कार्यक्रममा सहभागी सौगात सप्लायर्सका सञ्चालक सूर्यमान शाक्यले ठुला व्यावसायिक फर्म अर्थात् बेटरी केजबाट उत्पादन अण्डा ७० प्रतिशत र साना किसानले उत्पादन गरेका ३० प्रतिशत अण्डा बजारमा उपलब्ध हुने बताए । अण्डाको लेबलिङ नहुने हुँदा कति दिनसम्म उपभोग गरिसक्नुपर्ने हो भन्ने अन्योल रहेको बताए । चेकजाँचबाट अयोग्य भनिएका अण्डा डिस्पोज गरिनुको सट्टा बजारमा पुनः प्रयोग भइरहेको विषय चिन्ताजनक रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु