एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

तरकारी खेतिले उपाको जिवनमा ल्याएको परिवर्तन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ४ गते, आईतवार १५:३१

काठमाडौं ।काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाँउपालिका वडा नं २ मा बस्दै आउनु भएका उपा तिमल्सिनाको जिवन हिजो आज निकै फेरिएको छ । केहि समय अघि निर्बाहमुखि खेति र घरको पारिबारिक काममा अल्झिएर समय बेथित गर्दै आएकि उपा हिजो आज निकै व्यस्तता मा छिन् । २४ वर्षिय उपा को परिवारमा ७ जना सदस्य रहेका छन् । उनि १ छोरा , २ छोरि र सासु ससुरा सँग वेथानचोक ढुंखर्क स्थित वस्दै आएकि छिन् । उनका श्रिमान काठमाण्डौमा व्यापार गर्दै बस्दछन्। निर्वाहमुखि कृषिमा रुमलिदै र परिबारको हेरचाहमा समय विताउदै आएकि उपा हिजो आज खेतबारिमा भेटिन्छिन्। ग्रामिण महिला तरकारि तथा फलफुल सहकारि संस्थामा सदस्य रहेकि उनि केहि समय अगाडि AEIN luxembourg को आर्थिक सहयोग र ग्रामिण विकास संस्था काभ्रे(ARD) को कार्यन्ययनमा सन्चालन भएको “गुणस्तरिय शिक्षा , महिला शशक्तिकरण र जिविकोपार्जन सहयोग” परियोजना अन्तर्गत २० दिने मौषमी तथा वेमौषमी तरकारि खेति सम्बन्धी व्यबसायिक तालिममा सहभागि भईन्। सो तालिम पश्चात उनलाई संस्थाले ८ हजार बराबरको विउ बिजन तथा अन्य सहयोग गरेको उनि बताउछिन् । जब उनले संस्थाका प्राविधिकहरु सँग व्यबसायिक तरकारि खेति सम्बन्धि तालिम लिईन उनको खेति गर्ने तरिका र प्रविधिमा धेरै परिवर्तन देखियो । धरै समय अगाडि माध्यामिक शिक्षा सम्म अध्यायन गर्न पाएकि उपाले २० दिनको व्यवसायिक तरकारि खेति सम्बन्धि तालिमले उनको पारिबारिक आर्थिक र सामाजिक जिवनमा धेरै परिवर्तन ल्याएको उनि बताउछिन्। पहिले उनले परिबारका सदस्यहरुलाई पुग्ने तरकारि मात्रै गर्दै आएकि उनि अहिले व्यबसायिक योजना सहित तरकारि खेति गर्ने भएकि छिन्। सोहि तालिम पश्चात उनले ३ रोपनिमा तरकारि खेति लगाई ४ महिनाको अवधिमा ८० हजार कमाएको उनि बताउछिन्। मुला काउलि, बन्दा, धनियाँ र आलुखेति बाट उनले अहिले बार्षिक ४ लाख सम्मको आम्दानी गरेको उनि बताउछिन्। तरकारि खेति गर्दा सबै भन्दा ठुलो कुरा प्राविधिक ज्ञान,पारिबारिक सहयोग , आर्थिक सहयोग र आफ्नो इच्क्षाशक्ति हो । जुन उपाले छोटो समयमा सबै ज्ञान हासिल गरिन र व्यबहारिक जिवनमा पनि गरेर देखाएकि छिन् । मलाई २० दिनको व्यवसायिक तालिमले धेरै नै परिवर्तन गरिदिएको छ ,पहिले पहिले घर चलाउन श्रिमानबाट पैसा आउने समय पर्खनु पर्थियो अहिले मेरो तरकारि व्यवसायबाट आएको आम्दानि पनि श्रिमानको व्यबसायमा लगानि गर्न सहयोग पुर्याईरहेको छु । – उपा , आर्थिक रुपमा महिला स्वतन्त्र हुनु पर्ने र यसका लागि पारिबारि सहयोग अपरिहार्य बताउनि उपा , सामाजिक रुपमा एउटा उदहारण बनि देखाएकि छिन्। निर्वाहमुखि तरकारि खेति बाट महिला उधमि व्यबसायिक तर्फ अगाडि बढिरहेकि उनि भबिष्यमा यो व्यबसायलाई अझै बढाउने योजनामा रहेकि छिन्। उनले अबका दिनमा उच्च प्रविधि युक्त संरचनामा वेमौषमि तरकारि उत्पादन गर्ने योजना रहेको बताउछिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु