१० चैत शर्मिला विश्वकर्मा, ललितपुर
अन्तरलिङ्गी भनेको यौन विशेषता हो ।क्वायेर यूथ ग्रुप र क्याम्पेन फर चेन्ज नामक संस्थाले प्रकाशन गरेको यौन अभिमुखीकरण, लैङ्गिकता पहिचान तथा यौन विशेषता (यौभिकयौता ) : आधारभूत अवधारणा नामक पुस्तामा उल्लेख गरिए अनुसार अन्तरलिङ्गी व्यक्तिहरू तेस्रो लिङ्गी व्यक्तिहरू होइनन् । तर पनि यस विषयमा समाजमा जनचेतनाको कमी रहेको अवस्था छ । जनचेतनाको कमी कै कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको मानव अधिकार हनन भएको अवस्था छ । त्यसैले अन्तरलिङ्गी विधिताको विषयमा जनचेतना जगाउने उद्देश्यले बिहीबार क्याम्पेन फर चेन्ज नामक संस्थाले ललितपुरमा पत्रकारहरूसँग एक कार्यक्रमको आयोजना गर्यो् ।
पत्रकारहरूसँग गरिएको उक्त कार्यक्रममा प्रवक्ता प्रपुशा के.सी.ले कार्य पत्र प्रस्तुत गर्दै नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको कुनै तथ्याङ्क नभएको, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा चुनौती रहेको बताउनु भयो । साथै उहाँले बालबालिका सम्बन्धी ऐन, नियमावली, अपराध संहिता, कार्यस्थलमा हुने यौन दुर्व्यवहार, जन्म दर्ता र नागरिकतालगायतका सबै किसिमका कानुनले अन्तरलिङ्गी बारे उल्लेख नभएको बताउनु भयो ।
उक्त छलफलमा आयोजक संस्था क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले हाम्रो समाजमा महिला र पुरुष मात्रै हुन्छन् भन्ने सोचले जरा गाडेको जसले गर्दा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूले खुलेर मानव अधिकारको उपयोग गर्दै बाँच्न नपाएको गुनासो गर्नु भयो । साथै उहाँले आफूले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी व्यक्ति भएको थाहा पाएकोले विभिन्न चुनौतीको सामना गर्न बाध्य भएको भन्दै अबका दिनमा यस विषयमा जनचेतना जगाउनका लागि पाठ्यपुस्तकहरूमा पनि यसको बारेमा जानकारी राख्दै चलचित्र तथा वृत्तचित्र बनाएर सबै क्षेत्रमा पुर्या उन सकेमा केही सहज हुने कुरामा जोड दिनु भयो । साथै उहाँले छोराको बढी चाहना राख्ने नेपाली समाजमा शिस्न र योनी भएका बालबालिका जन्मने बित्तिकै शल्यक्रिया गर्ने हुँदा यसले नकारात्मक असर पारेको पनि बताउँदै यस विषयमा विभिन्न सञ्चार माध्यमहरू तथा सञ्चारकर्मीहरूले प्राथमिकताका साथ कलम चलाइदिनको लागि पनि अनुरोध गर्नु भयो ।
त्यसै गरी सञ्चारकर्मी युवराज गौतमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र मिडिया विषयमा प्रस्तुतीकरण गर्दै विगतको तुलनामा पछिल्लो समयमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका विविधताका बारेमा लेख, रचना, समाचारहरू बढी मात्रमा प्रकाशन र प्रसारण हुन थालेको भन्दै यौनिक तथा अल्पसङ्ख्यक समुदाय भनेर सबै किसिमको यौनिक पहिचानलाई बुझाउन नसकिने, अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूको पहिचानको वर्गीकृत तथ्याङ्क ल्याउनको लागि सरोकारवाला सबै निकायहरूले साथ दिनु पर्ने बताउनु भयो ।