भारोत्तोलन टोली थाइल्यान्ड जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार ०५:५९

आईडब्लुएफ वल्र्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।

पुरुष १०९ केजीमाथि सागर भण्डारीले प्रतियोगिताको अन्तिम दिन अप्रिल ११ तारिखमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । प्रतियोगिता मार्च ३१ तारिखदेखि सुरु भइसकेको छ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु