भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

एक्कासी सालमा एक्कासी अफर सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार १९:४१

काठमाडौ ।नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्बजनिक गरेको छ । यस अफर अन्र्तगत बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेशबुक पेजबाट गरिनेछ ।
नयाँ वर्षको अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भन्नुभयो ‘ आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उदेश्यले हामीले यो अफर सार्बजनिक गरेका हौँ, यो अफर अन्र्तगत केही यात्रुलाई भएपनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ’

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् । यो बिचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक बिनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु