काठमाडौं । नेपाली चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
२ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु के हो भनेर दर्शाउन खोजिएको छ । वास्तविक घटनाक्रमलाई आधार बनाएर सुलक्षण भारतीले निर्देशन गरेको फिल्मको ट्रेलरमा केकीको मुख्य भूमिका छ । उनी ट्रेलरमा बोक्सीको अवतारमा छिन ।
केकीको होमप्रोडक्सन केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा सुपला सापकोटा, सुलक्षण, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सविन बाँस्तोलाको पनि अभिनय छ ।
यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।