उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

दशरथ रङ्गशालामा दोस्रो उपत्यका व्यापी ह्विलचियर बास्केटबल प्रतियोगिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २८ गते, बुधबार १०:५८

२८ चैत २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

खेलकुद सबै नागरिकहरूका लागि आवश्यक हुन्छ । त्यसैले अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरणको सृजना हुन सकेमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलको माध्यमबाट राष्ट्र विकासमा योगदान दिन सक्छन् । त्यसैले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले न्यून मात्रमा पाएको अवसरको उपयोग गर्दै विभिन्न खेलकुदहरू खेल्दै आएका छन् । ती विभिन्न खेलकुदहरू मध्ये ह्विलचियर बास्केटबल पनि एक हो । ह्विलचियर प्रयोगकर्ता तथा स्पाइनल कर्ड इन्जुरी अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि वि.स.२०६६ सालमा नेपाल मेरुदण्ड पक्षघात खेलकुद संघले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको छ ।

यसै क्रममा नेपाल मेरुदण्ड पक्षघात खेलकुद संघले विभिन्न संघ संस्थाहरूको सहकार्यमा हिजो मङ्गलवार देखि काठमाडौँको रङ्गशालामा २ दिने दोस्रो उपत्यका स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रमको पहिलो दिन मङ्गलवार प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उक्त ह्विलचियर बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्य स्तरबाट आवश्यक सहयोग गर्न सकिने भन्दै अब छिटै नै खेलकुद ऐन संशोधन हुन लागेको र यस संशोधनका क्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल गरी अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू समावेश गर्न जरुरी रहेको भन्दै ह्विलचियर प्रयोगकर्ता बास्केटबल खेलाडीहरूलाई शुभकामना दिनु भयो ।

त्यसै गरी आयोजक संस्था नेपाल मेरुदण्ड पक्षघात खेलकुद संघकी अध्यक्ष देवी आचार्यले पूर्ण तथा अति अशक्त र विशेष गरी मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि पुरुषको तुलनामा महिलाहरू घर परिवार तथा समाज र राज्यबाट नै बढी विभेदमा परेको र उनीहरूलाई खेलको माध्यमबाट बाहिर ल्याउनका लागि यो ह्विलचियर बास्केट बल प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको योगदानलाई राज्यको ध्यानाकर्षण गराउनका लागि, समाजमा जनचेतना जगाउनुका
साथै ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको आत्मबल बढाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको जानकारी समेत गराउनु भएको थियो ।

यसै क्रममा करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटाले खेलकुद स्वास्थ्यका लागि सबैलाई जरुरी रहेको र ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि राज्य संवेदनशील हुनु पर्ने, खेलकुदमा उनीहरूको योगदानको पहिचान हुनु पर्ने कुरामा जोड दिँदै खेलाडीहरूलाई शुभकामना दिनु भयो ।

मङ्गलवार देखि सुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी ८ टोली सेमिफाइनल पुगेका हुन् । पुरुष तर्फ पुल ‘ए’ को विजेता बन्दै स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल (एससीआईएनएन) सेमिफाइनलमा पुगेको छ । उक्त दोस्रो उपत्यका व्यापी ह्विलचियर बास्केटबल प्रतियोगितामा महिलाको ७ समूह र पुरुषको ६ समूह गरी १३ वटा समूहले उक्त प्रतियोगितामा भाग लिने छन् ।

एससीआईएनएनले बीआईएलाई २२–२० र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए)लाई ४७–१० स्कोरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि एससीआईएनएनले पुल ‘बी’ को उपविजेता सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने छ । एपीएफ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग २६–२१ स्कोरले पराजित भए पनि दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई २७–७ स्कोरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाउन सफल भयो।

त्यसै गरी एपीएफ रहेकै पोलबाट आर्मी विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने आर्मीले एनएससीआईएसए ३२–१५ को स्कोरमा पराजित गरेको थियो। आर्मीले फाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता बीआईएसँग खेल्ने छ ।

बीआईएले डब्ल्यूएसएलाई १८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
त्यसै गरी महिला तर्फ पुल ‘ए’ बाट विजेता बन्दै एससीआईएनएन सेमिफाइनलमा पुगेको छ । एससीआईएनएनले बीआईएलाई ८–६, डब्ल्यूएसएलाई २१–० र निडवानलाई १६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। उसले फाइनल प्रवेशका लागि विइनसँग खेल्ने छ। पोल ‘बी’ को उपविजेता विइन पहिलो खेलमा जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी) सँग २८–० स्कोरले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई ८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

यसै क्रममा पुल ‘बी’ को विजेता जेडब्यूएससीले पुल ‘ए’ को उवपकविजेता बीआईएसँग फाइनल प्रवेशको लागि खेल्ने भएको छ। जेडब्यूएससीले विइनलाई २८–० र आयोजक एनएससीआईएसएलाई २९–० स्कोरले पराजित गर्दै बीआईएसँगको भेट पक्का गरेको हो। बीआईएले डब्ल्यूएसएलाई ८–९ स्कोरले पराजित गरेको थियो। सेमिफाइनल र फाइनल खेल आज भई रहेका छन् । सो प्रतियोगिताका विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार र तेस्रो हुने विजेताले रु ३० र प्रतियोगिता भरी दुवै टोलीको हाइ स्कोर प्राप्त गर्ने खेलाडीले रु २५ सय रुपैयाँ पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु