राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार ०६:३६

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भदौं २८ र २९ गते पाँचौं राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता, जुनियर मिष्टर काठमाडौँ प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स हुने भएको छ ।
मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । जस्मा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथि तौल समुह हनेछ ।
त्यसैगरी महिला प्रतिस्पर्धा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समुह अन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८० चैत्र मसान्त सम्ममा २१ वर्ष ननाघेका खेलाडीहरूले भाग लिन पाउने छन् ।
पुरुष स्पोटर््स फिजिक्स अन्तर्गत अन्तराष्ट्रिय मापदण्ड अनुसार वजन र उचाई समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमीभन्दा मुनी र १७० से मी भन्दा माथिको २ वटा बिधा रहने छ ।
प्रत्येक क्लब संघ संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन ।
पहिलो दिन बिहान वजन र हाइट नापिने छ र दिउँसोबाट १० बिधा मध्य ३ वटा बिधा मिष्टर काठमाण्डौं जुनियर तथा दुबै पुरुष स्पोर्ट्स फिनिक्सका फाइनल प्रतियोगिताहरु आयोजना हुनेछ भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ्ग राउण्ड हुनेछ ।
दोश्रो दिन मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ्ग तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ ।
फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश रु १५०००, १०००० तथा ५००० नगदले पुरस्कृत गरिनेछ ।
मिस्टर काठमाडौँको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरू बीच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौँको उपाधि साथै नगद रु १ लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले सुसजित गरिनेछ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु १ लाख ६५ हजार प्राप्त गर्नेछ ।
महिला प्रतिस्पर्धा अन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँच जना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद रु ३०,००० ट्रफि तथा ब्यानटले सुसज्जित गरिने साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश नगद रु १५००० तथा नगद रु ५००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ र चौथो तथा पाँचौं हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।
यस्तै जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्स अन्तर्गत १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूह अन्ततर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद रु ३०,००० ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ । द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश नगद रु १५,००० तथा नगद रु ५,००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौं हुने खेलाडीहरुले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब रु २२ लाख ५० हजार रहेको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव बिजयत्म रत्न बज्राचार्यले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु