काठमाडौं । उपभोक्ता विद्युत महसुल निर्धारणका लागि बुटवल पावर कम्पनी लिमिटेडको आंधिखोला वितरण केन्द्रबाट प्राप्त प्रस्ताव उपर सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रिया लिने एवं सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
सुनुवाई गरिने सम्वन्धी सूचना बुटवल पावर कम्पनी लिमिटेडले यस आयोग समक्ष उपभोक्ता विद्युत महसुल निर्धारणका लागि पेश गरेको निवेदनमा विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था अनुसार आयोगले सम्पूर्ण सरोकारवालाहरुसंग राय, सुझाव तथा प्रतिक्रिया लिने उद्देश्यका साथ विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई संचालन निर्देशिका, २०७६ अनुसार हुने भएको छ ।
२०८१ बैशाख १४ गते शुक्रबार, सिटी हल, पुतलीबजार नगरपालिका वार्ड नं. १, स्याङ्गजामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानियतहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरेको छ ।