पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

मधेश र कर्णाली विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १४ गते, शुक्रबार ०५:५८

मधेश प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।
पहिलो खेलमा मधेशले सुदूरपश्चिम विरुद्ध रोमाञ्चक खेलमा जित हात पा¥यो । निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि सुपर–ओभरमा धकेलिएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । मधेशका लागि रोहन विकले सर्वाधिक ४६ रन तथा कप्तान राहुल मण्डलले २३ रनको योगदान गरे । सुदूरपश्चिमका शेर मल्ल, हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिएका थिए ।
जवाफमा १२२ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाउदा खेल सुपरओभरमा धकेलिएको थियो । सुदूरपश्चिमका बसन्त खत्रीले ३८ र किरण ठगुन्नाले २३ रन बनाएका थिए । मधेशका रन्जित कुमारले ३ विकेट हात परे । सुपरओभरमा सुदूरपश्चिम विरुद्ध मधेशका लागि बलिङ गर्न आएका रन्जित कुमारले केवल ७ रन खर्चिएपछि टोलीले ८ रनको लक्ष्य पाएको थियो । मधेशले सो लक्ष्य एक बल बाँकी रहँदै भेटायो ।
दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि ५ विकेटको जित हात पा¥यो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेश १९.३ ओभरमा ९३ रनमा अल आउट भएको थियो । कोशीका लागि मिनास थापाले ३५, दिपेश कंडेलले २४ र सौजन घिमिरेले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीको बलिङ्गमा खेलको प्लेयर अफ दि म्याच चुनिएका दिपेन्द्र रावतले केवल १६ रन खर्चिएर ३ विकेट हात पारे । यस्तै प्रकाश जैसीले पनि ३ विकेट लिएका थिए ।
जवाफमा आफ्नो नेट रन रेट सुधार गर्दै शिर्ष दुईमा पर्ने सम्भावना कायम राख्न आक्रामक ब्याटिङ गरेको कर्णालीले ६.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । यद्यपि जितपश्चात अझैपनि कर्णाली प्रदेश अंकतालिकामा नेट रन रेटका कारण तेस्रो स्थानमा रहेको छ ।
कर्णालीको जितमा विपिन शाहीले १२ बलमा ३८ तथा मनीष थापाले १३ बलमा २७ रन बनाए । कोशीका लागि दिपेश कंडेलले ३ र शर्वन यादवले २ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । लिगको अन्तिम दिन शुक्रबार बागमती र सुदूरपश्चिमबीच खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु