मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

आर्मीको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १५ गते, शनिबार १९:१०

धुलिखेल । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले शनिबार विजयी सुरुआत गरेको छ ।
धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित ग¥यो । आर्मीको जितमा सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १–१ गोल योगदान गरे । खेलको २१ औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । आर्मीका लागि डम्मराले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६ औं मिनेटमा टिमका लागि तेश्रो गोल गरिन् । जितसंगै आर्मीले ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु