काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले गण्डकी प्रदेशमा रहेका ६ बटा आंगिक क्याम्पसहरुको शैक्षिक, भौतिक संरचना एवम् प्रशासनिक अवस्थाको बारेमो स्थलगत जानकारी लिनुभएको छ । अवलोकनका क्रममा उपकुलपतिले क्याम्पसहरुका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुसँग भेटेर क्याम्पसमा विद्यार्थीहरुको शैक्षिक उन्नयनको अवस्था,सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, शिक्षकहरुको उपलब्धता र कठिनाई, प्रयोगशालाहरुको अवस्था साथै विद्यार्थीहरुको सिकाईमा देखिएको उपलब्धी र कठिनाईहरुको बारेमा साक्षात्कार गर्नुभएको हो । २०८१।०१।१४ मा कास्की जिल्लाको पोखरामा अवस्थित पृथ्वीनारायाण क्याम्पस, परिश्चामञ्चल क्याम्पस, नर्सिङ्ग क्याम्पस पोखरा, बनविज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पस र २०८१।०१।१५ मा लमजुङ क्याम्पस,लमजुङ र गोरखा क्याम्पस,गोरखासँग क्याम्पसको समग्र विकास,अनुसन्धानको अवस्था,शिक्षकहरुको प्राज्ञिक उन्नयन र विद्यार्थीहरुको सार्थक सिकाईका पक्षहरुमा सवै सरोकारहरुसँग छलफल गर्नुभएको छ । उहाँले पृथ्वीनाराण क्याम्पसलाई आफ्नो कार्यकालमा गण्डकी प्रदेशकको शैक्षिक उत्कृष्टताको केन्द्र र डिग्री उपाधि प्रदान गर्नसक्ने क्याम्पसको रुपमा विकसित गर्ने आफ्नो सोचपत्रमा उल्लेखित विषयलाई प्राथमिकतामा राख्ने योजना रहेको बताउनुभएको छ भने पश्चिमाञ्चल क्याम्पसमा प्रयोगशालालाई स्तरोन्नती गरी विद्यार्थीहरुको सिकाईलाई प्राथमिकतमा राख्न क्याम्पस प्रशासन समक्ष छलफल गर्नुभएको थियो । नर्सिङ क्याम्पसलाई आवश्यक ३०० शैयाको अस्पतालका लागि सरकार लगायत सहयोगीसंस्थाहरुमा आवश्यक पहल गर्ने बताउनुभएको थियो ।
गण्डकी प्रदेशका आंगिक क्याम्पसको भौतिक पूर्वाधारको अवस्था तुलनात्मक रुपमा सृदृढ रहेको र प्रयोगशालाहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उपकुलपति प्रा.डा बराललको धारणा रहेको छ । लामो समयसम्म त्रिवि सेवा अयोगका महत्वपूर्ण पदहरु रिक्त रहनु, आयोगको विश्वसनियतमा समस्या देखापर्नुुका साथै केही कानुनी अडचनहरुका कारण शिक्षक÷कर्मचारीहरुको पदोन्नती र नियुक्तीमा अवरोध भएको बताउनभएको छ । सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसहरुमा मानवस्रोतको अभाव भएको र सेवा अयोगको पदपूर्ती हुनाँसाथ रिक्द दरवन्दीमा विज्ञापन गर्ने बताउनुभयो । शिक्षक तथा कर्मचारीहरुलाई आफ्नो क्षमता विकासमा लाग्न प्रेरित गर्नुहुँदै उपकुलपति प्रा.डा केशरजङ्ग बरालले त्रिविमा योग्यता र क्षमताको आधारमा नियुक्तीका अवसरहरु उपलब्ध गराउने आफना्े सोचपत्रमा उल्लेखित विषयलाई कार्यान्वयमा ल्याउने बताउनुभएको थियो । उच्चशिक्षाको समग्र विकासका लागि सवै शिक्षक/कर्मचारी र विद्यार्थीहरुलाई सहयोग गर्न समेत अनुरोध गर्नुभइको थियो । स्थलगत अवलोकनकै क्रममा उहाँले पृथ्वीनारायण क्याम्पसको नवनिर्मित शिक्षाशास्त्र संकायको भवनको समेत शिलान्यास गर्नुभएको थियो भने क्याम्पसले अयोजना गरेको प्राध्यापक कर्मचारी मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा पुरस्कृत शिक्षक कर्मचारीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।