इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार ०७:२३

काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन् ।

खड्काले २१९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु