काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गर्नुभएको हो ।
सोही अवसर माझ ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले भतिज डा भगवान कोईरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उमेरलाई सिर्जनाले छेक्दैन भन्ने ज्वलन्त उदाहरणका रुपमा ज्योती कोईरालालाई लिन सकिने बताउनुहुँदै स्वास्थ्य शरीरले नै नयाँ चिन्तन र सिर्जना गर्ने मौका मिल्ने जनाउनुभयो ।
कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारे प्रष्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सर्जकका पति एवम विमोचन कार्यक्रमका सभापति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गिति संग्रह निकालिएको बताउनुभयो ।
कार्यक्रम माझ लोक गायक बम बहादुर कार्कीले ज्योतीको संगालोमा तिज भाकाका पुराना गितहरु संग्रहित रहेको र उहाँ जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताउनुभयो ।
त्यसैगरि प्रा डा भगवान कोईरालाले आफना अभिभावकले सिर्जना पस्कनुभएकोमा गर्व र खुसी लागेको बताउनुहुदै अस्पताल निर्माणमा सहयोग पुर्याउनु भएकोमामा ठाकुर प्रसाद र ज्योती कोईराला दम्पतीलाई धन्यवाद व्यक्त गर्नुभयो।
सो अवसरमा परिवारकातर्फबाट बोल्ने क्रममा शान्ता बास्कोटा कोईरालाले सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै झन्डै ९० छुनै लाग्दा यसरी गिति सङ्ग्रह ल्याउन सफल ज्योती कोईराला र उहालाई झक्झकाउनु हुने ठाकुर प्रसाद कोईरालाप्रति निष्ठा प्रकट गर्न चाहेको बताउनुभयो ।
युवा संगितकार दिपक शर्माको संगितमा तयार पारिएको ५ वटा गितहरु ज्योतीको सङ्गालोमा संग्रहित छन् । यस गिति संग्रहको भिडियो मध्ये एकमा उहाँका सुपुत्र ईन्जिनियर अर्जुन कोईरालाले अभिनय गर्नुभएको छ भने सबैमा श्रष्टा स्वयम्को भिडियो समावेश छ ।
ज्योती कोईरालाले आज भन्दा ७०,८० बर्ष पहिले चेलीहरुले भोगेका दुख, कष्ट, ईच्छा, आकांक्षालाई गित संगितको माध्यमबाट व्यक्त गर्नुभएको छ । जहाँ गैरि खेतको रोपाईपछि महिलाहरुको दुख सुख पोख्ने चाड तीजमा माईती लिन आउने आशा र तीजमा रमाउने कुरा ज्योती कोईरालाले गितमा दर्शाउनुभएको छ । नेपाली गाउँघरमा ७०,८० वर्ष पहिला महिलाहरुले लगाउने गरगहनाहरु जस्तै तिकिया, बालिया, कलिया आदिका बारेमा पनि यस गितमा वर्णन गरिएको पाईन्छ । उमेर भनेको अंक मात्र हो भन्ने उदाहरण पेश गर्दै ८६ बर्ष पार गर्नुभएकी कोईरालाले जीवनका विभिन्न आयामहरु गित संगितको माध्यमबाट चित्रण गर्नुभएको छ । ज्योती कोईरालाको आट र साहसले गरे के हुँदैन र गर्नका लागि उमेर बाधक होइन भन्ने कुरा जेष्ठ नागरिकसहित सबैका लागि ज्वलन्त उदाहरण हो ।