मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

अपाङ्गताका सवालमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार ०५:५८

२१ जेठ २०८१ शर्मिला विश्वकर्मा, ललितपुर

मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ प्रतिवेदन प्रक्रिया र सिफारिसका विषयहरूलाई केन्द्रित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको साझेदारीमा नेपाल परिवार नियोजन संघको सभा हलमा आइतबार सो एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले मानव अधिकार, मानव अधिकारको सिद्धान्त, मौलिक अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र यसमा भएका व्यवस्थाहरू तथा यस विषयमा राज्य र नागरिक समाजले प्रस्तुत गर्ने रिपोर्टको विषयमा प्रस्ट पार्नु भयो ।

यसै क्रममा उहाँले सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएको, सन् १९४८ मा विश्वभरिका राष्ट्रहरूको सम्मेलनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको, सन् १९७९ मा महिला माथि हुने सम्पूर्ण भेदभावपूर्ण महासन्धि सिड ल्याइएको पनि बताउनु भयो ।

अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ को बारेमा प्रस्ट पार्दै मानव अधिकार, मौलिक अधिकार, मानव अधिकार उल्लघंन र अपराध, उक्त महासन्धिमा भएका विभिन्न धाराहरूको बारेमा बताउँदै नेपालको संविधान २०७२ को धारा २४९, मानव अधिकार सम्बन्धी संवैधानिक व्यवस्थाहरूका बारेमा पनि जानकारी गराउनु भयो ।

यसै गरी आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले सो कार्यक्रमको सहजिकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिमा ५० वटा धारा रहेको र इच्छाधिन आलेखमा १८ वटा धारा रहेको बताउनु भयो ।
अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले आयोजना गरेको साथै उहाँले धारा १ देखि ३२ सम्म अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक, राजनीतिक अधिकार भित्र रहेर अधिकारको व्यवस्था गरिएको भन्दै बाँकी ३३ धारा देखि धारा ५० सम्म प्रशासनिक व्यवस्था रहेको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा महासचिव रमा ढकालले प्रारम्भिक प्रतिवेदन सुरुको २ वर्षमा र त्यस पछि प्रत्येक ४ / ४ वर्षमा नेपाल सरकारले सिआरपिडी कमिटीलाई प्रतिवेदन पेस गर्नु पर्ने भन्दै नेपाल सरकारले सन् २०१८ मा संयुक्त राष्ट्र संघलाई प्रतिवेदन बुझाइएको पनि जानकारी गराउनु भयो । साथै उहाँले महासन्धिमा विस्तारित गरिएका अधिकार, सिद्धान्तहरू, पहुँचयुक्तता लगायतका विषयमा बताउँदै नेपालमा २०६२ / ६३ को आन्दोलन पछि समावेशीकरणको कुरा उठ्न थालेको कुरामा जोड दिनु भयो ।

अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ प्रतिवेदन प्रक्रिया र सिफारिस सम्बन्धी ललितपुरमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू सहितको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु