एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

संस्थागत क्षमता अभिवृद्धि तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते, बिहीबार ०५:५२

२४ जेठ २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ

डाउन सिण्ड्रोम समाज नेपाल डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि काम गर्ने एक सामाजिक संस्था हो । यस संस्थाले स्थापना काल देखि नै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगार, पुनर्स्थापना, वकालत तथा स्व-वकालत, क्षमता अभिवृद्धि लगायतका सवालमा काम गर्दै आएको छ ।

यसै क्रममा मङ्गलवार काठमाडौँ महानगरपालिकाको सहकार्यमा एक दिने क्षमता अभिवृद्धि तालिम काठमाडौँमा सम्पन्न गरेको छ । सो तालिममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा सदस्य प्रवेश श्रेष्ठले यो तालिमले संस्थाको आगामी पञ्चवर्षीय रणनीति तय गर्न सहयोग गर्ने भन्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि आफ्नो व्यक्तिगत तथा वडा स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिवदता व्यक्त गर्नु भयो ।
साथै उहाँले २६ नं वडाबाट यसै वडा बासीहरूका लागि विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराउने भन्दै जुन सुकै स्थानमा रहेका डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने र यस अन्तर्गत फिँजियो थेरापी सेवा, ल्याब टेस्ट, सर्वसुलभ मूल्यमा औषधी वितरण सेवा सञ्चालन गरिने कुरामा जोड दिनु भयो ।

यसै तालिमको क्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यस संस्थामा आबद्ध रहेका अभिभावकहरू तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितका लागि प्रभावकारी रूपमा सहज ढङ्गले काम गर्न सक्षम बनाउने उदेशयले यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
साथै उहाँले आगामी दिनमा रोटरी क्लबले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि थेरापी सेवा उपलब्ध गराउने हुँदा यो सेवालाई २६ नं वडासँग हातेमालो गरी काम गरिने कुरालाई जोड दिँदै पञ्चवर्षीय रणनीति बनाएर डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रभावकारी रूपमा काम गरिने बताउनु भयो ।

काठमाडौँ महानगरपालिको सहकार्यमा डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको उक्त एक दिने संस्थागत क्षमता अभिवृद्धि तालिममा तालिमका सहजकर्ता रिता श्रेष्ठले सहभागी अभिभावकहरूलाई ४ समूहमा विभाजन गरी आफ्ना डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूको अहिलेको अवस्था र त्यो अवस्थामा सुधार ल्याउनका लागि देखेका सपनाहरूलाई काल्पनिक चित्रद्वारा प्रस्तुत गराउन लगाउनु भयो । साथै अभिभावकहरूले ती उनीहरूको अवस्थाहरू र देखेको सपनाको बारेमा प्रस्तुतीकरण पनि गर्नु भएको थियो । साथै उहाँले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूले आफ्ना बालबालिकाहरूको अवस्थालाई स्वीकार गरी उनीहरू अनुकूलको वातावरणमा अवसरको खोजी गर्नु पर्ने बताउदै यस तालिममा सिकेका सीपहरूलाई पूर्ण रूपमा व्यवहारमा पनि उपयोग गर्न आग्रह गर्नु भयो ।

त्यसै अपाङ्गता अधिकारकर्मी तथा यसै तालिमका सहजकर्ता मुकुन्दहरि दाहालले यस तालिम पश्चात् डाउन सिण्ड्रोम समाज नेपालले बनाउने पञ्चवर्षीय योजना अर्थात् रणनीतिक योजनामा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रविधिलाई पनि समावेश गर्नु पर्ने, यसका लागि अभिभावकको भूमिका प्रमुख हुने र अभिभावकहरू सकारात्मक हुनु पर्ने कुरामा जोड दिनु भयो ।

तालिममा सहभागी अभिभाव कविता थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले पनि बुझ्ने प्रयास गर्दै उनीहरूलाई स्विकार्नु पर्ने बताउनु भयो । त्यसै गरी अन्य सहभागीहरूले यस्ता तालिम सफल बनाउनका लागि राज्य, सरोकारवाला निकाय तथा सर्वसाधारण जनताहरूको साथ सहयोग रहेको बताउनु भयो ।

सो तालिममा सहभागी अभिभावकहरूले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि उनीहरू अनुकूलको शिक्षा, विद्यालय, दक्ष जनशक्ति, स्वास्थ्य सेवा, विद्यालयमा समावेशिता, उनीहरूको वैवाहिक चाहना, सामुदायिक सहायता सेवा, स्वबलम्वन जीवन पद्धति, उनीहरूका लागि सङ्गठन स्थापना लगायतका सवालहरूलाई पञ्चवर्षीय रणनीतिक योजनामा समावेश गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । यस तालिममा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका ३५ जना अभिभावकहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु