आरोह फर्टिलाइजर्सको अर्गानिक जैविक मल बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १५ गते, शनिबार १६:२१

१५ असार, काठमाडौं । आरोह फर्टिलाइजर्सले उत्पादन गरेको विभिन्न प्रकारका अर्गानिक जैविक मलहरू शुक्रबारदेखि बजारमा आएको छ । कम्पनीले हिजाे एक पत्रकार सम्मेलन गरेर सोबारे जानकारी गराएको हो । कम्पनीले उत्पादन गरेको जैविक मल नेपालकै पहिलो रहेको दाबी गरेको छ । आरोह फर्टिलाइजर्स प्रा.लि.ले माटोमा जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल र कीटनाशक ल्याएको दाबी गरेको छ ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो जैविक मल (गेडा, झोल) र किटनाशक औषधी उत्पादन गरि सर्वशुलभ मुल्यमा बजारमा ल्याइएको हो ।

आरोह फर्टिलाइजर्सले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार उत्पादन गरेको नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल वातावरण मैत्री र माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको जारी विज्ञप्तीमा भनिएको छ । आरोह फर्टिलाइजर्सले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार उत्पादन गरेको नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल वातावरण मैत्री र माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको जारी विज्ञप्तीमा भनिएको छ ।

रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने पनि पूर्व कृषि सचिव योगेन्द्रकुमार कार्कीले बताए । अबको युग रासायनिकभन्दा प्राङ्गारिक र जैविक खेतीमा लाग्नुपर्ने उनको भनाइ छ ।

कम्पनीले मुख्यतया तिन किसिमको मलहरू आरोह बायो (जैविक) तरल, आरोह बायो (जैविक) दानेदार र पाउडर मल र आरोह बायो (जैविक) किटनाशकहरू आरोह बायोभीरिया तीन प्रकारका मलहरू उत्पादन गर्दै आएको छ । जसमा आरोह जैविक तरल मलमा ६, ओह जैविक दानेदार र पाउडर मलमा चार र आरोह जैविक कीटनाशकमा दुई थरीका मल उत्पादन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु