बैंकक (थाइल्याण्ड) । “नो टेन्सन नो मेन्सन वन्ली चोभार ब्लुज !” यो थेगोले यथार्थता पाएको छ। थाइल्याण्डमा आयोजित एशिया नेपाल इन्टरनेशनल अवार्ड कार्यक्रममा यिनै “चोभार ब्लुज”का स्रष्टा, लेखक तथा निकथाकार बिक्रम भक्त जोशी प्रतिष्ठित एशिया नेपाल इन्टरनेशनल नेपाली नोबल साहित्यकार अवार्डवाट सम्मानित भएयता नो टेन्सन नो मेन्सन वन्ली चोभार ब्लुज थेगोले यथार्थता पाएको हो ।
नेपाली साहित्य आकाशमा निकथा लेखनमा एउटै कृति चोभार ब्लुजले नविनत्म आयाम राख्न सफल यिनै कृतिका स्रष्टा बिक्रम भक्त जोशी निकथा साहित्यवाट नेपाल वाहिर अवार्ड पाउने पहिलो आयामिक नेपाली साहित्यकार पनि बन्न पुगेका छन्।
शैली मिडिया नेटवर्कव्दारा थाइल्याण्डको राजधानी बैंककमा आयोजित बृहत सम्मानित अवार्ड कार्यक्रममा निकथाकार जोशी नेपाली नोबल साहित्यकार अवार्डवाट सम्मानित भएका हुन्। अवार्ड कार्यक्रममा निकथाकार जोशीलाई प्रमुख अतिथि गैरआवासिय नेपाली संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, विशेष अतिथि कालजयी गीतका गीतकार प्रकाश कुइँकेल र रसुवाको आमा छोदिङ्गो गाउंपालिकाका अध्यक्ष बुर्चुङ तामाङले संयुक्त रुपमा नेपाली नोबल साहित्यकार अवार्ड तथा सम्मान प्रदान गरेका थिए।
नेपालवाट सात समुद्रपारि सेतो हात्तिको देश भनेर विश्वविख्यात देश थाइल्याण्डको बैंककमा नेपाली साहित्य आकाशको निकथा क्षेत्रमा बेग्लै आयाम कायम गरेवापत आफूलाई सही मूल्यांकन गरेर अवार्ड तथा सम्मानव्दारा सम्मानित हुनपाएकोमा निकथा साहित्यमा कलम चलाएवापतको यो ठूलो पुरस्कार भएको र यसले नेपाली साहित्यमा लाग्न आफूलाई अझ प्रेरणा दिएको जोशीले प्रतिक्रिया दिएका छन्।
सोही समारोहमा लामो समयदेखि समाजसेवाको क्षेत्रमा चुपचाप निस्वार्थ लाग्दैआएकी सामाजिक अभियन्ता निकथाकार जोशीको जीवन संगीनी बिञ्जु जोशी पनि अवार्डेट बनेकी छन्।
एशिया नेपाल इन्टरनेशनल सोसियल सर्भिस अवार्डवाट बिञ्जु जोशी अवार्डेट बनेकी हुन् । श्रीमानका साथमा आफूपनि अवार्डेट बन्न पाउंदा नसोचेको उपलव्धी नै भएको बिञ्जुले भनेकी छन्। चुपचाप कसैलाई थाहै नदिइकन गर्दैआएको सामाजिक सेवाको यति धेरै ठूलो सम्मान होला भनेर नसोचेको कुरा थाइल्याण्डमा भएवाट आफूलाई यस क्षेत्रमा लाग्न अझ प्रेरित गरेको प्रतिक्रिया पनि उनले दिएकी छन्।