एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

दशौं राष्ट्रिय खेलकुद समयमै गर्न परिषद्को तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ११ गते, मंगलवार १७:३७

काठमाण्डौ,२०८१ भदौ ११ गते
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नै आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्को जोड रहेको सदस्य सचिव टंकलाल घिसिङले बताउनुभएको छ । प्रतियोगिताकै लागि आफुले दुई पटक सम्म परिषद्को बोर्ड बैठकका लागि प्रस्ताव गरेको भन्दै वर्तमान युवा तथा खेलकुद मन्त्री संग पनि यस विषयमा छलफल भईरहेको जानकारी दिनुभएको छ ।
दशौं राष्ट्रिय खेलकुदका सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गराएको ध्यानाकर्षण पत्र बुझ्नु हुदै सदस्य सचिव घिसिङले प्रतियोगिता आयोजना स्थल कर्णालीमा निर्माण भईरहेका खेलपूर्वाधारको हालै खेलकुद मन्त्री सहितको टोलीले अध्ययन अवलोकन समेत गरेको जानकारी दिनुभयो ।
निर्धारित समयमै आयोजनाका लागि पूर्वाधारको सूनिश्चित गर्न परिषद्ले प्राविधिक टीम खटाएको भन्दै खेलाडीहरुको चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने बताउनुभयो ।
खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बुझाउनुभएको पत्रमा पूर्व निर्धारित मिति २०८१ मंसिर २ देखि ९ गते नै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न परिषद्को ध्यानाकर्षण गराएको हो । प्रतियोगिताका सम्वन्धमा आशंका बढन थालेको भन्दै सो निवारण हुने गरि खेलाडी तथा खेलकर्मीहरुलाई जानकारी दिन आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु